नीति तथा कार्यक्रमका लागि व्यास नगरपालिकाद्वारा सरोकारवालासंग सुझाव माग

दमौली : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग सुझाव माग गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले असार १० गते हुने ४३औं नगरसभामा पेश गरिने नीति तथा कार्यक्रम सम्बन्धमा सरोकारवालासँग सुझाव माग गर्ने निर्णय गरेको हो ।
नीति तथा कार्यक्रमका लागि सरोकारवालाले जेठ २५ गतेसम्म सुझाव दिन सक्ने प्रवक्ता सुरेश थापाले जानकारी दिए । त्यस्तै नगरपालिकाको संगठन संरचना सम्वन्धमा संशोधन प्रस्ताव पेश गर्न सुशासन समितिलाई निर्देशन दिने र आवश्यक विधेयक संशोधन प्रस्ताव पेश गर्न विधायन समितिलाई निर्देशन दिने निर्णय भएको थापाले उल्लेख गरे ।
संघीय सरकारबाट प्रस्तुत बजेटमा नगरपालिकालाई विशेष, समपूरक, समानीकरण र राजस्व बाँडफाडवाट रु एक अर्ब सत्ताइस करोड २९ लाख ४३ हजार एक सय १९ अनुदान प्राप्त हुने बैठकमा जानकारी गराइएको थियो ।
बैठकले नगरभित्रका प्रधानाध्यापक छनोट हुन बाँकी रहेकामध्ये ११ वटा विद्यालयका प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया पूरा गरी पेश हुन आएको प्रस्ताव अनुमोदन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम संशोधन प्रस्ताव नगर सभामा पेश गर्न सिफारिससमेत गरिएको थियो । संघीय सरकारले व्यास नगरपालिकालाई समावेशी, समृद्ध र समन्वययुक्त नगरका रूपमा विकास गर्नका लागि १ अर्ब ७१ करोड २९ लाख ३४ हजार ९११ रुपैयाँ अनुदान उपलब्ध गराउने प्रारम्भिक जानकारी बैठकमा प्रस्तुत गरिएको थियो ।
शिक्षाका क्षेत्रमा, नगरका ११ वटा विद्यालयमध्ये प्रधानाध्यापक रिक्त रहेका विद्यालयमा पदपूर्तिको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा प्रस्ताव पेस गर्ने निर्णय बैठकले गरेको छ ।
मानव बेचबिखन तथा वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि “विधि सहकारी समाज, तनहुँ” को आयोजना र जिल्ला अदालतको सहकार्यमा अभिमुखीकरण कार्यक्रम तथा सचेतना अभिवृद्धि गतिविधि सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker