रगंको पर्व होली र सांस्कृतिक महत्व

के.बि. मसाल

हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमा होली पर्व मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरुको एउटा महत्वपूर्ण पर्वको रुपमा मान्दछन । यो पर्वको फागु, होली, फागु पूर्णे आदि नामहरु छन् । रगंको प्रचलन समाजमा कहिलेबाट सुरु भयो? यो खोजीको बिषय बन्ला । तर पछिल्लो समय आएर होली रगँको चाड बनेको छ । होलीको दिन मानिसहरुले एक अर्का माथि विभिन्न प्रकारका रङ्गहरु लगाई दिएर एक अर्कालाई रङ्गिन बनाउने गर्दछन् । यो विशुद्व सदभावमा खेलिने वा मनाईने पर्व हो । सामाजिक सदभाव, हर्ष र रगंँहरुको पर्व फागु अर्थात होलीलाई नेपालका पहाडी तथा तराईका विभिन्न जिल्लामा उत्साहका साथ दुई दिन मनाउने गरिन्छ ।
हामी नेपालीहरुले चाडपर्वमा कुनै खास दिन तथा तिथिमा मानिसहरुले विशेष पर्वको रुपमा मान्ने र विभिन्न देवी देवताहरुको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने गरिन्छ । तर यो होली पर्वको छुट्टै महत्व र प्रचलन रहेको छ । नेपालमा नयाँ वर्ष अर्थात विक्रम संंवतको पहिलो दिनबाट नै चाडपर्वहरु सुरु हुन्छन् । साउन संक्रान्ति, नागपञ्चमी, जनैपूर्णिमा, कुसेऔँसी, ऋषिपञ्चमी, बडादसैँ, तिहार, नेपाल संवत प्रारम्भको दिन म्हपूजा, छठपर्व, हरिबोधनी र हरिशयनी एकादशीहरु, बालाचतुर्दशी, विवाह पञ्चमी, माघे संक्रान्ति,स्वस्थानी पूर्णिमा, श्रीपञ्चमी, महाशिवरात्रि, होली, राम नवमी, चैते दसैं, बुद्ध जयन्ती, र घोडेजात्रा, हाम्रा प्रचलित चाडपर्वहरु हुन । यो बाहेक विभिन्न जनजातिका आ–आफ्नै विशेष प्रकारका चाडपर्वहरु पनि मनाउने गर्दछन ।
रंगहरुको पर्व होली विशेष उल्लासका साथ मनाइन्छ । होलीलाई मित्रता, आत्मीयता, सामीप्यता र सदभाव दर्शाउने पर्वको रुपमा लिने हाम्रो प्रचलन छ । दैत्यराज हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने आगोबाट सकुशल निस्केको प्रसंग पुराणमा उल्लेख छ । यसैको सम्झना स्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी होलिका मारिएको अवसरमा होलिका दहन भनी चीरदाह गरेर आपसमा रंग, अबीर लगाएर  खुशीयाली मनाएर होली खेल्ने परम्पराको सुरुवात भएको मानिन्छ । प्रत्येक वर्षको फाल्गुण शुल्क पूर्णिमाका दिन मनाइने फागु पर्व पछिल्लो समयमा नेपालमा मनाइने अन्य  पर्व र संस्कृतिहरु जस्तै महत्वका साथ मनाउन थालिएको छ । भारतीय संस्कृति कोषमा उल्लेख गरिएअनुसार वसन्त महोत्सवका रुपमा प्राचिनकालदेखि मनाइँदै आएको होली पर्व असत्यमाथि सत्यको विजय, छलमाथि निश्चलताको विजय, अधर्ममाथि धर्मको विजयको पर्वका रुपमा मनाइन्छ । नेपालको तराई क्षेत्र र भारतका समेत यसलाई होली पर्व भनेर हर्ष उल्लासहका साथ मनाउने गरिन्छ ।
संस्कृतिविदका अनुसार सांस्कृतिक रुपमा यो पर्व होलिका दहनसँग सम्बन्धित छ। प्राचीन धर्मग्रन्थमा उल्लेख गरिएअनुसार हिरण्यकशिपुकी बहिनी होलिकालाई आगोमा नजल्ने बरदान प्राप्त भएको थियो र उसँग भएको ओढने वस्त्र आगोमा पस्दा पनि नजल्ने थियो । आफ्नो छोरा प्रह्लाद आफू अनुकूल नभएको भन्दै हिरण्यकशिपुले होलिकालाई प्रह्लादलाई मार्न लगाएछन । मार्नका लागि प्रह्लादलाई लिएर आगोमा पसेकी होलिकाको ओढने वस्त्र प्रह्लादको शिरमा गएर प्रह्लाद बाँचेर होलिका भष्म भइछन । होलिका डढेर भस्म भएको र प्रह्लाद बाँचेको उक्त दिन फाल्गुण शुक्लपूर्णिमा रहेको र असत्यमाथि सत्यको विजय भएको भन्दै त्यसै दिनलाई होली पूर्णिमाका रुपमा मनाउँदै आइएको प्रशग पाइन्छ ।
यो पर्व रगं खेलेर मनोरञ्जन गर्ने पर्वका साथै भ्रातृत्व र एकताको पर्व पनि मानिन्छ । होली खेल्ने दिनभन्दा एक दिनपहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहनगरिसकेपछि बिहान पानीमा रगं घोलेर एक अर्का माथि फाल्ने चलन छ । केटाकेटी देखि लिएर बयस्क सम्म सबै होलीको रमाइलो गर्दछन। कतिपय युवा–युवतीहरु गीतगाउँदै–नाच्दै होलीको आनन्द लिने गर्दछन । भनिन्छ कि होलीको दिन पुरानो रिस राग सबै बिर्सेर मान्छे एक आपसमा मिल्ने गर्दछन । साथीभाई आपसमा रगमा रगिंएर उल्लासपूर्वक मनाउने होलीको अवसरमा गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरुका हुल तथा जत्थाहरु हातमा रगं र रगंीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्लागर्दै सडकमा हिडने गर्दछन ।
धार्मिक मान्यता अनुसार असत्य माथि सत्यको विजयको खुसियालीमा मनाइने यस चाडमा रंग, अबिर एक आपसमा दलादल गरी मनाइने गरिन्छ । एक अर्कामा भएको द्वष भाव बिर्सिएर सम्बन्धमा सुधार ल्याउनका लागि विभिन्न परिकारहरु सँगै होली खेल्ने सँस्तकृतिमा समयानुसार परिवर्तन आउदै छ । अचेल विभिन्न प्रकारका मादक तथा नशालु पदार्थहरुको सेवन गर्दै नशासहितको होली मनाउने चलन बढदो छ । यसले होलीको समयमा धेरै आकस्मिक दुर्घटना निम्त्याइरहेको छ । होली रंगहरुको पर्व हो । थुप्रै प्रकारका रग प्रयोग गरेर होली खेल्ने प्रचलन रहेको छ । त्यसैले पनि होली एउटा रंगीन पर्व बनेको छ । होलीमा बिभिन्न थरीका रगको समिश्रणले वातावरण नै रंगिन बनाइ दिएको हुनछ। रंग कसलाई मन पर्दैन र ? तर यसको परिस्थितिअनुकूल सही प्रयोग हुनुपर्छ । रंगले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ । कुनै पनि रगको प्रयोग गर्नूपूर्व त्यसको फाइदा, बेफाइदा, महत्व र रंगको प्रतीक बुझ्नु आवश्यक छ ।
नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ। त्यसैले नीलो वर्णका श्रीहरिले अधर्म नाशगर्न र धर्मको रक्षागर्न प्रत्येक युगमाअवतार लिदै आएको धार्मिक मान्यता छ। लोकहितका लागि विषपान गरेर महादेव नीलकण्ठका रुपमा रहेको कुरा शास्त्रमा पाइन्छ । त्यसैगरी पहेंलो रग विष्णु र योगेश्वर श्रीकृष्णको प्रिय रग हो। गणेशजी हरेक रगं मन पराउँथे । रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरुले रातो रंगको पहिरन लगाएका हुन । अधिकांशलाई मन पर्ने रंग हो रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रुपमा लिइने यो रंग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ । रातो रंगलाई साहस र प्रेमको प्रतीकका रुपमा पनि लिइन्छ ।
रातो रंग मन पराउने मानिसहरु महत्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन । हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवनशक्तिको भित्री मर्म बुझने जीवित रंग पनि भनिन्छ। हरियो रंग मन पराउने मानिसहरु प्रकृतिलाई माया गर्ने खालका हुन्छन्। । उनीहरु झैझगडा पटक्कै मन पराउँदैनन । यो रंग मन पराउने मानिसहरुको आत्मविश्वास कम हुने विश्वास गरिन्छ । पहेलो रंगलाई भक्ति र धर्म परायणताका रुपमा लिइन्छ । यो रंग मन पराउने मानिसहरु धर्मकर्मप्रति बढी विश्वास गर्छन । होली हिन्दू धर्मावलम्बीहरुको चाड भएकाले यो रंगको विशेष प्रयोग हुन्छ ।
कतिपय समुदायमा त रातो र पंहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ। यो रंगको सम्बन्ध खुसी र हर्षसँग पनि छ । मनोविज्ञहरुका अनुसार यो रंग मन पराउने मानिसहरु रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन। नीलो यो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रुपमा लिइन्छ। त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ । यो रंग मन पराउने मानिसहरु सन्तुलित विचारधाराका हुन्छन । उनीहरु अलि बढी चिन्तित स्वभावका हुने मनोविदहरु बताउँछन । होलीमा कालो रंगको पनि व्यापक प्रयोग हुन्छ । यो रंग ईष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ। यो रंग मन पराउने मानिसहरु आफ्नो इच्छा र भावना खुलस्त रुपमा भन्न चाहँदैनन । तुरुन्तै रिसाउने खालका हुन्छन । सेतो धेरैलाई मन पर्ने रंग हो । सेतो रंगलाई शुद्धताको प्रतीक मानिन्छ। कर्ममा विश्वास राख्ने व्यक्तिहरु सेतो रंग मन पराउँछन । चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रुपमा लिइन्छ ।
अविर र रंगमा प्रयोग हुने रसायनले मान्छेलाई अन्धो मात्र होइन, क्यान्सर र मृत्यु सम्म हुने इन्फेक्सन गराउन सक्छ । कालो रंगमा लिड अक्साइड भन्ने रसायन मिसिएको हुन्छ । यसले आँखा सुनिने,रातो हुने अवस्था एलर्जी गर्दछ भने गर्भवती महिलालाई नकारात्मक असर पार्छ। त्यसको असरले कमतौल वा समय भन्दा पहिला वच्चा जन्मिने हुन सक्छ। हरियो रंग यसमा प्राय कपर सल्फेट भन्ने रसायन मिसिएको हुन्छ। यसले क्षणिक अन्धोपन गराउनुका साथै आखा विझाइरहने लगातार आसु झर्ने रातोपन र यसले आखामा एलर्जी हुन सक्छ । पेटभित्रको बच्चालाई घातक असर गर्न सक्छ । रातो रंग यो रंगमा मरकरी सल्फेट भन्ने रसायन हुने भएकाले यसले मानिसको दृष्टि कम हुनुका साथै पक्षघात छालाको क्यान्सर जस्ता रोग लाग्न सक्छ । पेटको वच्चा स्नायु प्राणलीदेखि लिएर पेट भित्र बच्चाको मृत्युसम्म हुन सक्छ । निलो रंग रंगले शरीरको सम्पूर्ण छालामा इन्फलामेसन र आँखाको वरिपरी कन्टयाक्ट डरमाटाटिस गराउन आँखाको परेला सुनिने फोका आउने र क्षणिक दृष्टिविहिन गर्न सक्छ । भान्टा रंगले आँखामा एलर्जी गराउनुका साथै दमको रोगीलाई स्वास बढने र यो रोग निम्त्याउन पनि सक्छ । चाँदी, सिल्भर रंगमा हुने एल्मुनियम क्रोमाइडले आँखाको नानी त्यसको वाहिरी पक्षमा जलन गराई अन्धोपन गराउन सक्छ । यो रसायनले क्यान्सर पनि गराउन सक्छ ।
आजकल रंगमा मिसावटका साथ साथै अप्रकृतिक रंग पनि प्रयोग भइरहेको छन । जस्तै पेट्रोलियम पदार्थ यी पदार्थ आँखा पर्न गएमा मानिस सदाका लागि आफ्नो दृष्टि गुमाउन सक्छ । यी त भए रंगहरु अर्को पाटो जसले मानिसको सधै अस्पताल धाइरहनु पर्ने वा सदाका लागि दृष्टि गुमाउनु पर्ने विकराल स्थिति ल्याउन सक्छ। रगंको लोला आँखामा लागेमा सामान्य आँखा सुनिनेदेखि आँखा भित्र मोतिया विन्दु, लेन्सले आफ्नो ठाँउ छोडने, दृष्टि पर्दा च्यातिने, दृष्टि नसा सुक्ने, जलविन्दु सम्म हुन सक्छ र सदाका लागि दृष्टिविहिन हुन सक्छ। यसो भन्दैमा अब के त होली नै नखेल्ने? होइन होली मजासंग खेल्ने प्राकृतिक रंग प्रयोग गरेर खेल्ने । रंगमा अनुगमन वा ल्यावमा जाच नहुने भएको हुँदा व्रान्डेड कम्पनिको रंग प्रयोग गर्दा पनि सजगता भने अपनाउनु पर्दछ । होली खेल्दा पेट्रोलियम पदार्थको प्रयोग नगर्नुहोस। अत्याधिक मात्रामा वा लामो समय सम्म रसायन रंग लागेमा सफा पानिले शरीर पखालिरहनु होस । आँखामा रंग परेमा जबसम्म आँखाबाट रंग जादैन आँखालाई मज्जासगं सफा पानिले धुनुहोस । यति गर्दा पनि आँखा बिजाउन, पोल्न छोडदैन, रातोपन बढदै जान्छ वा पहिलाको भन्दा दृष्टिकम हुँदै जान्छ भने नेत्र विशेषज्ञलाई एक पटक भेटनुहोस। आँखा नमिच्ने र चस्मा लगाएर होली खेल्ने बानी बसाल्नु होस ।
होली पर्वमा वि.सं. २००७ साल अघि अर्थात राणा सरकारको पाला सम्म सरकारीस्तरबाटै होली खेल्नकै लागि नयाँ वस्त्र किनिदिने प्रचलन थियो । होली खेल्ने सेतो वस्त्रका साथ सरकारी अधिकारीहरुले औपचारिक रुपमा नै यस पर्वलाई मनाउने गर्दथिए। २००७ सालपछि भने त्यो क्रम हटेको छ । तर पनि यो पर्वलाई सरकारले राष्ट्रिय पर्वको रुपमा बिदा दिने गरेको छ। पछिल्ला समयमा आएर होलिका नाममा अर्काको इच्छा विपरीत रगं छाप्ने, फोहरपानी खन्याउने तथा अन्य विभिन्न किसिमका असभ्यता प्रदर्शन गर्ने क्रमले होलीको संस्कृतिमा विकृति थपिँदै गएको छ । होली पर्वका नाममा विकृति बढने र होली आउन नपाउँदै जथाभावी रुपमा फोहोर पदार्थले हान्ने, शहर बजारका गल्ली, चोक र यस्तै लुक्न सकिने ठाउबाट सडकमा हिडिरहेका मानिसहरुलाई लोला अथवा फोहर पानी फ्याक्नाले होली पर्व सबैको लागि असज भएको छ ।
हामी नेपालीहरुको चाडपर्वहरु संस्कृतिकै अभिन्न अंग मानिन्छ । हामीहरुले मान्दै आएका जतिचाड पर्वहरु छन, समाजले तिनको संरक्षण र संवद्वर्दन गर्दै आएका छन । त्यसैले ती चाडपर्व अनन्त काल सम्म पनि जीवन्त भै रहेको हुन्छ र राख्नु पनि पर्दछ । हाम्रा धार्मिक,सामाजिक र सास्कृतिक चाडपर्वहरु पुख्यौली प्रसाद हुन भन्दापनि हुन्छ । यसलाई जोगाएर राख्नु पर्दछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker