सुत्केरीसंग अध्यक्ष कार्यक्रम अन्तरगत म्याग्देका ३१ जना सुत्केरीहरुलाई पोषण खर्च उपलब्ध

भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकाले सुत्केरीसंग अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम अन्तरगत गाउँपालकाकी अध्यक्ष मायादेवी राना आलेले सुत्केरीहरुलाई पोषण युक्त खानाको लागि पोषण् खर्च उपलब्ध गारएकी छन् ।

गाउँपालिकाको स्वास्थ्य केन्द्रमा चालु आवमा सुत्केरी भएका ३१ जना महिलालाई सुत्केरी पोषण खर्च बपत जनही तीन हजार रुपैयाँ गाउँपालिका अध्यक्ष रानाले उपलब्ध गराएकी हुन् ।

सो अवसरमा स्वास्थ्य केन्द्रमा कार्यरत थर्पु स्वास्थ चौकिका अनमि सम्झना राना आले, जामुने स्वास्थ्य चौकिका अनमि नानुमाया आलेलाई नगद सहित प्रमाणपत्रबाट गाउँपालिकाले सम्मन गरेको थियो ।

पोषण खर्च तथा सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष माया राना, प्रमुख पशासकीय अधिकृत नारायण प्रसाद अधिकारी र प्रवक्ता शिवशरण वाग्ले लगायतले गाउँपालिकाले सबै क्षेत्रलाई समान अवसर प्रदान गर्दै अभिभावकत्व प्रदान गर्न लागि पर्ने प्रतिवद्धता जनाएका थिए ।

त्यस्तै, सोही अवसरमा लामो समयदेखि सामाजिक परिचालिकामा कार्यरत अनिता वाग्ले, सत्य श्रेष्ठ, अनिता शाहि र ऐश्वय श्रेष्ठलाई जनही नगद ३ हजार रुपैयाँ र कदरपत्रले सम्मान गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker