कर्मचारीलाई मुख्यमन्त्री पाण्डेको निर्देशन : अधिकारका नाममा जनताको काम नछाड्नुस्

पोखरा । निजामती सेवा दिवसका अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा उनले कार्यालय समयमा कर्मचारीहरुले आफ्नो हक अधिकार र सेवा सुविधाका लागि भन्दै मुख्यमन्त्री, मन्त्री भेट्नु उचित नभएको बताए।

‘कार्यालय समयमा तपाईंहरु भेट्न हिँड्दा, आफ्नो अधिकारको कुरा गर्दा जनतालाई सेवा कसले दिन्छ ? जनताको सेवा प्रभावित हुन भएन’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने।

पछिल्लो समय प्रदेश निजामती ऐनमा संशोधन गर्नुपर्ने विषय लिएर दैनिक जसो कर्मचारीहरु, ट्रेड युनियनकर्मीले मुख्यमन्त्री र मन्त्रीहरु भेटिरहेका छन् ।

मुख्यमन्त्री पाण्डेले कर्मचारीको वृत्ति विकास र अधिकारका सवालमा सरकार संवेदनशील रहेको बताउँदै कर्मचारी युनियन, कर्मचारी संघ, संगठनहरुलाई कर्मचारीको साझा मुद्धामा केन्द्रित भएर सरकारलाई सुझाव दिन आग्रह गरे ।

‘कर्मचारीका मुद्धा उठाएर क्रेडिट लिने भन्दा दिगो समाधानका लागि सरकारलाई सहयोग गर्नुहोस्’, उनले भने ।

संघीय निजामती ऐन जारी नहुँदा केही अन्यौल र प्रदेशले जारी गरेको निजामती ऐनमा सुधार गर्नुपर्ने देखिएको बताउँदै उनले प्रदेशको स्रोत साधन, क्षमतालाई हेरेर हक अधिकारका सवालमा केन्द्रित हुन सुझाव दिए ।

कर्मचारीले दिने सेवाका आधारमा सरकारको मूल्यांकन हुने भन्दै पाण्डेले भने, ‘जनताको काम सहज रुपमा गरिदिनुहोस्, काम हुन सक्दैन भने के कारण हुँदैन, भन्ने प्रष्ट भनिदिनुहोस्, नागरिकलाई बुझाउने दायित्व पनि तपाई हाम्रो हो ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker