तनहुँको भन्सारमा आजबाट प्रथम भानु नगर महोत्सव

भानु : तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज पुस ९ गतेदेखि प्रथम भानु नगर महोत्सव सञ्चालन गरिदै । महोत्सवको आवश्यक सम्पूर्ण तयारी पुरा भएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
आगामी पौष १९ गतेसम्म सञ्चालन हुने महोत्सबमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले एक कार्यक्रमका बीच उद्घाटन गर्ने तयारी भएको आयोजकले जानकारी दिनु भयो ।
भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको प्रबर्द्धनमा ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’  भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन गरिदैछ । महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकले गरेको छ ।
महोत्सवले भानुको जन्मथलो चुँदी रम्घाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक कृष्णकुमार श्रेष्ठले बताए। भानु नगरपालिका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले जानकारी दिनुभयो । महोत्सवमा साना तथा घरेलु उत्पादनहरुलाई विशेष प्राथमिकता दिने समेत संयोजक श्रेष्ठले बताए ।
भानु नगर उद्योग वाणिज्य संघका महासचिब कृष्ण कोईरालाले महोत्सवमा कृषि प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, औद्योगिक लगायतका प्रदर्शनीका लागि १२० वटा स्टलहरु रहेको जानकारी दिए । उनका अनुसार एक लाख भन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ ।
यस्ता मेला महोत्सवले स्थानीयस्तरमा उत्पादित कृषि उपज र स्थानीय कलाकारको कला संरक्षणमा सहयोग पुग्नुका साथै आर्थिक कारोवारमा चहलपहल हुने भानुका नगरप्रमुख आनन्द त्रिपाठीले बताए । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई भाषिकधामको रुपमा विकास गर्न नगरपालिकाले पहलकदमी गर्दै आएको उनले बताए ।
महोत्सवबाट भएको आम्दानीले नगर उद्योग वाणिज्य संघको अधूरो भवन निर्माणमा खर्च गरिने बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker