भानुका १५ जना महिलाहरुलाई बाख्रा पालन तालिम

भानु : तनहुँको भानु नगरपालिका वडा नं. ५ सेपाबगैँचामा गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तीन दिने बाख्रा पालन तथा खोर निर्माण सम्बन्धी तालिम सम्पन्न गरिएको छ ।
तालिममा वडा नं. ५ का १५ जना महिलाहरूले सहभागिता जनाएका थिए । गरिबी न्यूनीकरण, आम्दानी वृद्धि र महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरण गर्नु तालिमको मुख्य उद्देश्य रहेको नगरपालिकाले जनाएको छ ।
तालिमका प्रमुख प्रशिक्षकका रूपमा भानु नगरपालिका पशु तथा मत्स्य विकास शाखाका प्रमुख डा. सुशिल ऐरीले सहभागीलाई बाख्रा पालनका लागि कृषकहरुले ध्यान दिनेपर्ने विषयमा आवश्यक ज्ञान तथा सीप प्रदान गरेका थिए ।
स्थानीयस्तरमै सीपमूलक तालिम प्रदान गरी महिला सशक्तिकरणमा टेवा पुर्याउने यस कार्यक्रमले सहभागीहरूमा आत्मनिर्भरताको भावना विकास गर्न मद्दत पुगेको विश्वास आयोजकले लिएको छ ।
स्थानीय १५ जना महिलाहरुको सहभागीता रहेको तालिममा कार्यक्रमको मुख्य उद्देश्य गरिवि निवारण, आय आर्जनमा टेवा पुर्याउनुका साथै महिलालाई थप शसक्तिकरण बनाउने विषयमा सहजिकरण गरिएको थियो ।

तालिममा नगरपालिकाको पशु तथा मत्स्य विकास शाखाका अमित ढुंगान, धनराज कुमाल, सन्दिप ढकालले सहजिकरण गरेका थिए ।

यस्तै, तालिमका सहभागिहरुलाई नगरपालिकाका वरिष्ठ लेखा अधिकृत नवराज लौडारी र प्रशासकीय अधिकृत तथा मेडप फोकल पर्सन कृपाहरि लौडारीले प्रमाणपत्र वितरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker