गोरखा–जितगढी एकीकरण पदयात्रा : नेपाली सेनाले इतिहास जोगाउने काम गरेको छ – मुख्यमन्त्री पाण्डे

दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इतिहास संरक्षणमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहँदै आएको बताएका छन्। नेपाली सेनाले गोरखाबाट सुरु गरेको गोरखा–जितगढी एकीकरण पदयात्राको टोलीलाई आज दमौलीमा स्वागत गर्दै उनले सेनाले सुरु गरेको पदयात्राले विगतको इतिहासलाई स्मरण गराउने बताए।
मुख्यमन्त्री पाण्डेले भने, “नेपाल एकीकरणको सन्दर्भमा कसरी यात्रा भएको थियो, कसरी अगाडि बढेको थियो, तत्कालीन गोरखाली राजालाई गोरखाली जनताले साथ दिएर नेपालको एकीकरणको यात्रालाई सफल बनाएको कुरा यो यात्राले स्मरण गर्न सहयोग पु¥याएको छ।” उनले सेनाले सुरु गरेको पदयात्रालाई सम्बन्धित स्थानीय तहले सहयोग गर्नुपर्ने बताए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सेनाको एकीकरण पदयात्रालाई तनहुँमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै पृथ्वीनारायण शाहको एकीकरण अभियान अहिलेको पुस्ताका लागि अध्ययनको विषय बनेको उल्लेख गरे। त्यस क्रममा मुख्यमन्त्री पाण्डे र नगरप्रमुख न्यौपानेले पदयात्राका टोलीलाई नेपालको झन्डा हस्तान्तरण गरेका थिए ।
गोरखाबाट सुरु भएको एकीकरण पदयात्राको टोली तनहुँको भानु, व्यास नगरपालिका–११ तनहुँसुर हुँदै दमौली आइपुगेको हो । आजै तनहुँसुरमा आयोजित कार्यक्रममा भानुबाट रुरु भैरवदल गणको नेतृत्वमा आएको टोलीले कालीभञ्जन गण(इ)लाई पदयात्राको झन्डा हस्तान्तरण गरेको थियो ।
तनहुँसुरबाट घिरिङ गाउँपालिकाको धेनुङसम्म कालीभञ्जन गण (इ) ले नेतृत्व गर्नेछ। धेनुङ देउरालीमा कालीभञ्जन गण (इ)ले श्री नम्बर ३ राजदल गणलाई झन्डा हस्तान्तरण गर्ने कालीभञ्जनका गणपति प्रमुख सेनानी वसन्त कार्कीले जानकारी दिए । तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झन्डा हस्तान्तरण गरिनेछ। धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दी फेमस महेन्द्रदल गणलाई झन्डा हस्तान्तरण गरिनेछ ।
केलादीघाटबाट नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झन्डा हस्तान्तरण गर्ने र आगामी वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीबाट जितगढीसम्म पुग्ने कार्यक्रम छ । पदयात्रामा फौज, बाजागाजा, राष्ट्रिय झन्डा तथा एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ । गोरखाबाट जितगढीसम्मको दूरी दुई सय सात किलोमिटर छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker