तनहुँमा ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा आज ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा ऋषिङ गाउँपालिका-४ का ४५ वर्षीय पुरुष र व्यास नगरपालिका-३ का ५०, ३५, ३२, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन ।










