तनहुँका निर्वाचित जनप्रतिनिधिले शपथग्रहणसंगै कार्यभार सम्हाले

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका निर्वाचित जनप्रतिनिधिहरुले शपथग्रहणसंगै कार्यभार सम्हालेका छन् । म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, आँवुखैरेनी गाउँपालिकाका, बन्दिपुर गाउँपालिकाका निर्वाचित जनप्रतिनिधहरुले शपथग्रहण गरी आ-आफ्नो पालिकामा पदीय जिम्मेवारी सहितको कार्यभार समेत सम्हालेका छन् ।

म्याग्दे गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथग्रहणसंगै पदभार ग्रहण गरेका छन् । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले घर नक्सा कायम भएका घरमा निःशुल्क नम्बर प्लेट वितरण गर्ने निर्णय गरेका छन् । एकपटकका लागि घर नक्सा पास भएका घरहरुमा नम्बर प्लेट निःशुल्क वितरण गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

यस्तै उपाध्यक्ष घिमिरेले प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्ने निर्णय गरेका छन् । गाउँपालिकाको कुल १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो। म्याग्देमा नेकपा एमालेले तीन वडा र कांग्रेसले चार वटा वडामा वडाध्यक्ष जितेका छन् ।

यस्तै, शुक्लागण्डकी नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णराज पण्डितले पनि शुक्रबार पदभार ग्रहण गरेका छन् । शुक्रबार जिल्ला न्यायधिश हरिषचन्द्र ढुंगाना समक्ष शपथग्रहण गरे लगत्तै मेयर पण्डितले नगरपालिकामा पदभार ग्रहण गरी कार्यभार सम्हालेका ह्न । उनलाई नगरपालिका प्रमुख प्रशाशकीय प्रमुख लिलावल्लभ न्यौपानेले पदभार ग्रहण गराएका थिए ।

नवनिर्वाचित मेयर पण्डितलाई शुक्लागण्डकि नगरपालिकाका कर्मचारीले स्वागत समेत गरेका थिए । उनी नेपाली कांग्रेसका तर्फाट नेकपा एमालेका मुक्तिनाथ तिम्सिनालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

त्यस्तै, शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक (राजु) ले पदभार ग्रहण गरेका छन् । वैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित भएका विकले शुक्रबार पदभार ग्रहण गरेका छन् । उनले पहिले आमालाई आफू बस्ने कुर्सिमा बसालेपछि बल्ल आफुले पदभार ग्रहण गरेका थिए ।

मेयर कृष्णराज पण्डित समक्ष सपथ खाए लगत्तै उपमेयरको पदभार ग्रहण गरेका विकले सबैको साझा भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । विकले नेकपा एमालेका उम्मेदवार फुलमाया वाग्लेलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएका हुन् ।

जिल्लाको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, आँवुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदी, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले शपथग्रहण गरेसंगै शुक्रबारबाट आ-आफ्नो पालिकामा पदभार ग्रहण गरी कार्यभार सम्हालेका छन् । यस्तै, भानु नगरपालिकाका मेयरले शपथग्रहण गरेका छैनन् भने व्यास नगरपालिकामा मतगणना जारी रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker