बैरेनी एकीकृत बस्ती आयोजनाका जग्गाधनीलाई जग्गा र पुर्जा वितरण गरिंदै

भञ्ज्याङ समाचारदाता/तनहुँ

व्यास नगरपालिकाद्वारा सञ्चालित ‘बैरेनी जग्गा एकीकरण’ आयोजना अन्तर्गतका जग्गाधनीलाई जग्गा र अस्थायी जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरिएको छ । व्यास-१० स्थित बैरेनीमा कूल एक हजार ५३७ रोपनीमध्ये पहिलो चरणमा २६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तारका काम भइरहेको हो ।

अबको दुइ वर्षभित्र जग्गाधनीलाई स्थायी जग्गाधनी पूर्जा वितरण गर्ने लक्ष्यका साथ निर्माण अघि बढाइएको आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले बताए ।

उनका अनुसार पहिलो चरणमा विकासित निजी घडेरी ६९.१७ प्रतिशत, बाटो र ढल निर्माणमा १८.९४ प्रतिशत, खुल्ला क्षेत्र र्सार्वजनिक ५.८८ प्रतिशत, बिक्रीयोग्य जग्गा ४.७९ प्रतिशत र खोल्सी तथा रिटेनिङ पर्खालमा १.१२ प्रतिशत आयोजनाको भू-उपयोगका लागि छुटयाइएको छ ।

त्यसैगरी, दोस्रोचरणमा पक्की नाला कभर सडकसहित कालोपत्र, ढल व्यवस्थापन, आयोजना क्षेत्रमा १०८ वटा विद्युत् पोल निर्माण गरी प्रसारण लाइनका लागि विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रसँग समन्वय गरिनेछ । त्यसैगरी आयोजना अर्न्तर्गत सडकका दायाँबायाँ सडक सञ्जालसँगै खानेपानीका लागि पाइप विच्छयाइनुका साथै उपभोक्ता समिति भवन निर्माण गर्ने योजना रहेको आयोजना प्रमुख मुलले बताए ।

बिक्रीयोग्यमा रहेको ४.७९ प्रतिशत अर्थात करिब तेह्र रोपनी जग्गा पूर्वाधार निर्माण लागि छट्टयाइएको र सो जग्गा बिक्री गरेर नगर विकास कोषसँग लिएको ऋण तिर्ने योजना छ । विसं २०७७ मा नगर विकास कोषको प्राविधिक सहयोगमा बैरेनी जग्गा एकीकरण विकास आयोजनाको सुरुवात गरिएको थियो । विसं २०७८ फागुन २ गते राजपत्रमा आयोजना स्वीकृतिको सूचना प्रकाशित भएपछि निर्माण कार्यले गति लिएको हो ।

एकीकृत बस्ती आयोजनाको निर्माण सम्झौता अगावै सम्पन्न गर्नेमा भक्तपुरपछिको व्यास नगरपालिका अग्रसर बनिरहेको उहाँले बताउनुभयो । उक्त आयोजनामा नगर विकास कोषको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ । कूल रु तेह्र करोडमध्ये कोषले रु नौ करोड १० लाख ५० हजार चार सय र नगरपालिका तथा गण्डकी प्रदेशको रु चार करोड लगानी छ ।

‘नगर विकास कोषसँग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि छ वर्षको रहेको छ भने वाषिर्क ब्याजदर आठ प्रतिशतमा ऋण लगानी गरेको छ । विसं २०८१ सम्म आयोजनाको निर्माण अवधि रहेको छ’, उनले भने, ‘निर्माण अवधिभर लिएको ऋणको कुनै ब्याज र किस्ता तिर्नुपर्दैन् ।’

विसं २०८५ भित्र आयोजना सम्पन्न गर्ने सम्झौता रहेपनि २०८२ भित्र सम्पन्न गर्ने तरिकाले काम भइरहेको उनले बताए । बस्तीले साँघुरिँदै गएको दमौलीमा एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगरपालिका अघि बढेको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । ‘दमौली बजार र भादगाउँ क्षेत्र बस्ती विस्तारले साँघुरिएको छ’, उनले भने, ‘भावी पुस्ताका लागि पनि बस्ती बसाउन नगरपालिकाले नगर विकास कोषसँग हातेमालो गर्दै अघि बढेको हो ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker