वन डढेलो नियन्त्रणका लागि तनहुँमा सचेतना मुलक वृहत र्याली

तनहुँ : वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सचेतना सप्ताह अन्तर्गत तनहुँमा आयोजना गरिएको वृहत र्यालीका सहभागिहरु । डिभिजन वन कार्यालय तनहुँले म्याग्दे गाउँपालिका–४ थर्पु बजारदेखि जामुने बजारसम्म वृहत र्याली प्रदर्शन गरिएको थियो।

म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका विभिन्न सामुदायिक वन समूहका उपभोक्ताहरुको सहभागिता रहेको कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताह अन्तर्गत समुदायस्तरसम्म पुगेर सचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले कार्यक्रम गरिएको जानकारी गराए ।

यस वर्ष तनहुँलाई शुन्य डढेलोमुक्त बनाउने लक्ष्य राखिएको र डढेलोमुक्त बनाउने सामुदायिक वनलाई पुरस्कृत गरिने भएको छ । स्थानीय सरकार र स्थानीयवासीको सहयोगका कारणमात्रै डढेलो नियन्त्रण गर्न सम्भव रहेकाले चेतनाको अभाव र लापरवाहीले डढेलोको घटना बढिरहेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ म्याग्देका अध्यक्ष बालकृष्ण श्रेष्ठले गाउँपालिकाभित्रका सामुदायिक वनका उपभोक्तालाई डढेलो नियन्त्रणका लागि जागरुक बनाइएको बताए । तस्विर : भञ्ज्याङ

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker