सहकारीमा काल्पनिक नाफा देखाई वोनस बाँड्ने प्रवृत्तिलाई व्यासले रोक्ने

दमौली : तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा नगरपालिका भित्र सञ्चालन भएका सहकारीलाई नियमन गर्ने भएको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानले ४३औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै प्रकृतिका सहकारी संस्थाहरुलाई सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा आवद्धताको लागि प्रेरित गर्दै सहकारी संस्थाले गर्ने मुख्य कारोबार बचत तथा ऋणमा एकरुपता ल्याउनका लागि कानुनी तथा प्राविधिक सहायता उपलब्ध गराउने, सहकारी उत्पादनको बजारीकरणका लागि सहकारी बजार विकास कार्यक्रम सञ्चालनमा ल्याउने नीति अवलम्बन गरिने जनाएका छन् ।

सहकारी संस्थाहरुले ऋण जोखिम कोषको व्यवस्था नगरी काल्पनिक नाफा देखाई वोनस बाँड्ने प्रवृत्तिलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने नीति नगरपालिकाले अवलम्बन गर्ने भएको छ ।

प्राथमिक पूँजीकोष ४ प्रतिशत नपु¥याइएका सहकारीहरुलाई आर्थिक वर्ष २०८२/०८३ भित्र पूँजी पु¥याउनुपर्ने कानुनी व्यवस्थालाई कार्यान्वयनमा ल्याइने भएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अनिवार्य व्यवस्थापन गर्न सबै सहकारीहरुलाई सहभागी गराइने र सहकारी क्षेत्रमा कार्यरत कर्मचारीहरुको नियुक्ति, पारिश्रमिक एवं सुविधाको मापदण्ड तयार गरी अनिवार्य रुपमा लागु गर्न नगरपालिका भित्रका सबै सहकारीहरुसँग समन्वय गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker