व्यास नगरपालिकाले ठेक्कामार्फतका १५ योजना सम्पन्न गर्यो

दमौली : तनहुँको व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा ठेक्कामार्फत सञ्चालित ३३ योजनामध्ये १५ योजना सम्पन्न गरेको छ । व्यास नगरपालिका योजना तथा पूर्वाधार विकास शाखाका अनुसारे कूल एक हजार ५७ योजनामध्ये ९९५ योजना सम्पन्न भएका हुन् ।

उपभोक्ता समितिबाट सञ्चालन भएका एक हजार २४ मध्ये ९८० र ठेक्काबाट सञ्चालन भएका ३३ योजनामध्ये १५ योजना सम्पन्न भई १८ वटाको सम्झौताको चरणमा छन् । उपभोक्ता समितिबाट सञ्चालित योजनामध्ये ४० वटाको सम्झौता भएको र चार वटा सम्झौता हुन नसकेको योजना शाखा प्रमुख भेषराज तिवारीले बताए ।

उनले भने, “विश्व बैंकको आर्थिक सहयोगमा नेपाल सहरी तथा शासकीय पूर्वाधार आयोजना अन्तर्गत व्यास नगरपालिकाको– ७, ९, १० र ११ मा पर्ने पराशर मार्गमा १०.६ किमी कालोपत्रका लागि ठेक्का भइ काम सुरु भइरहेको छ ।”

उक्त योजनाका लागि रु ४० करोड ८३ लाख ३५ हजार ९२१ बजेट रहेको यस आयोजनाको हालसम्म भौतिक प्रगति १७.४५ प्रतिशत छ । बुल्दी खोला मोटरेबल (करङकाठ बसपार्क) पुल रु छ करोड ५० लाखमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । उनले भने, “व्यास नगरपालिका–५ मानहुँकोट सिद्धबाबा मन्दिर रु बीस लाख दुई हजार ९५६ मा ठेक्का सम्झौता भइ निर्माण सम्पन्न भएको छ ।”

सोही वडास्थित उदय मावि र बाखे्र जोड्ने सोङ्गेखोला झोलुङ्गे पुल पहिलो चरणमा रु ३० लाख ४५ हजार १२२ मा निर्माण गरिएको छ । व्यास–७ सहीद गेट निर्माण रु १२ लाख ९१ हजार ९६१ मा निर्माण सम्पन्न भएको छ ।

व्यास–१० व्यास नगर कोभिड अस्पताल रु ९६ लाख ३८ हजार ८७६ मा सम्पन्न भएको छ । व्यास–११ शीतभण्डार निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker