म्याग्देको रु ६८ करोड ७६ लाख बजेट पारित

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । गत असार १० गते १८औं गाउँसभामा प्रस्तुत गरिएको आगामी वर्षको बजेट सोमबारको गाउँसभाले पारित गरेको हो ।
गाउँसभामा आर्थिक विधेयक र विनियोजन विधेयक २०८२ स्वीकृतका लागि पेश गरिएकामा सभाले उक्त दुवै विधेयक सर्वसम्मत स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। सभाको शुन्य समयमा गाउँसभाका सदस्यहरुले विभिन्न मुद्धाका विषयमा उठान गरेका थिए ।
सभाले आगामी वर्षका लागि रु ६८ करोड ७६ लाख ३६ हजारको बजेट पारित गरेको हो। जसमध्ये चालुतर्फ रु ४७ करोड ४७ लाख र पुँजीगततर्फ रु २१ करोड ३५ लाख विनियोजन गरिएको छ । कुल बजेटमध्ये चालुतर्फ ६८.९४ र पुँजीगततर्फ ३१.६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।










