मालपोत कार्यालय तनहुँको राजश्व संकलन घट्यो

दमौली : तनहुँको मालपोत कार्यालयको राजश्व संकलन घटेको छ । कार्यलयको आर्थिक वर्ष २०८१/०८२ मा राजश्व संकलनमा कमि आएको छ । अघिल्लो आव २०८०/०८१ को तुलनामा आव २०८१/८२ मा तीन करोड ३१ लाख ४२ हजार ७२८ ले राजस्व संकलन घटेको हो ।

आव २०८०/८१ मा रु ३५ करोड ९५ लाख ५२ हजार २२८ राजस्व संकलन गरेकामा गतवर्ष रु ३२ करोड ६४ लाख नौ हजार ४८० संकलन भएको कार्यालयले जनाएको छ । जग्गा वर्गीकरणमा कृषिमा न्यून र आवासमा बढी दस्तुर लाग्ने हुँदा अधिकांश जग्गा कृषिमा परेकाले राजस्व संकलनमा प्रभाव परेको कार्यालय प्रमुख केशवराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘अघिल्लो वर्ष स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु गरेसँगै जग्गाको कारोबार बढ्दा राजस्व संकलनमा वृद्धि भएको थियो तर गत आर्थिक वर्षमा जग्गाको कारोबार पनि घटेकाले हुनसक्छ, राजस्व संकलन घटेको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker