कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले चालु आवमा एक हजार मेट्रिक टन मल वितरण

कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षमा एक हजार एक मेट्रिक टन मल वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म सो परिमाणको मल वितरण गरेको हो । कार्यालयले युरिया, डिएपी, पोटास र कृषि चुन मल वितरण गरेको शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिनुभयो ।

कार्यालयमा हाल ५२.५५ मेट्रिक टन पोटास मल मात्रै मौज्दात रहेको छ । युरिया, डिएपी र कृषि चुन मल अभाव रहेको शर्माले बताउनुभयो । चालु आर्थिक वर्षमा ६२४.४ मेट्रिक टन युरिया मल आएकामा सबै मल बिक्री वितरण भएको छ । ३२४.३५ मेट्रिक टन डिएपी र पाँच मेट्रिक टन कृषि चुन मल आएकामा त्यो पनि सबै बिक्री वितरण भएको शाखाले जनाएको छ ।

कार्यालयमा सुरुमा १४१.४ मेट्रिक टक युरिया रहेकामा पछि ४८३ मेट्रिक टन प्राप्त भएको थियो । त्यस्तै ११७.३५ मेट्रिक टन डिएपी रहेकामा पछि २०७ मेट्रिक टन प्राप्त भई सबै मल बिक्री वितरण भएको छ । धान रोपाइँ सुरु भइसक्दा युरिया, डिएपी मल अभाव हुँदा किसान मर्कामा परेका छन् । अधिकांश ठाउँका किसानले मलबिना नै रोपाइँ सुरु गरिसकेका छन् ।

कार्यालयले जिल्लाका दशवटै स्थानीय तहमा रहेका डिलरमार्फत् मल बिक्री वितरण गर्दै आएको छ । आँबुखैरेनीबाट ५०.५, घिरिङबाट १४.५०, देवघाटबाट ७.२५, भानुबाट २१५.४५, भिमादबाट २०.७५, म्याग्देबाट १५.७, बन्दीपुरबाट २४.५, व्यासबाट २१४.७५ र शुक्लागण्डकीबाट १२२.७७५ मेट्रिक टन मल बिक्री वितरण भएको छ । आँबुखैरेनीस्थित चार वटा डिलरबाट ४३.२५ मेट्रिक टन युरिया, पाँच मेट्रिक टन डिएपी र २.२५ मेट्रिक टन पोटास मल बिक्री वितरण गरिएको छ । घिरिङस्थित चार वटा डिलरबाट ११.२५ मेट्रिक टन युरिया, २.८५ मेट्रिक टन डिएपी र ०.४ मेट्रिक टन पोटास मल वितरण गरिएको छ ।

देवघाटस्थित तीन वटा डिलरबाट ७.२५ मेट्रिक टन युरिया मल बिक्री वितरण भएको । भानुस्थित १८ वटा डिलरबाट १४४.८ मेट्रिक टन युरिया, ६०.४ मेट्रिक टन डिएपी, ७.०५ मेट्रिक टन पोटास र ३.२ मेट्रिक टन कृषि चुन बिक्री वितरण गरिएको छ । भीमादस्थित चार वटा डिलरबाट १२.८५ मेट्रिक टन युरिया, ६.२५ मेट्रिक टन डिएपी, ७.०५ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । म्याग्देस्थित तीन वटा डिलरबाट ९ मेट्रिक टन युरिया, ६ मेट्रिक टन डिएपी, ०.७ मेट्रिक टन पोटास, बन्दीपुरस्थित छ वटा डिलरबाट १३.२५ मेट्रिक टन युरिया, ९.२५ मेट्रिक टन डिएपी र २ मेट्रिक टन पोटास मल वितरण गरिएको छ ।

व्यासस्थित २० वटा डिलरबाट १३९.४५ मेट्रिक टन युरिया, ६३.२ मेट्रिक टन युरिया र १२.१ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । शुक्लागण्डकीस्थित १२ वटा डिलरबाट ५३.२ मेट्रिक टन युरिया, ५६.४ मेट्रिक टन डिएपी, १३.१ मेट्रिक टन पोटास र ०.०७५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ ।

जिल्लाबाहिर पनि २५९.७७५ मेट्रिक टन वितरण

कार्यालयले तनहुँका अतिरिक्त लमजुङमा पनि मल बिक्री वितरण गर्दै आएको छ । लमजुङका ११२ डिलरबाट २५९.७७५ मेट्रिक टन मल वितरण गरिएको कार्यालयले जनाएको छ । लमजुङको मध्यनेपाल नगरपालिकाबाट सात वटा डिलरबाट ४३ मेट्रिक टन युरिया, १६.५ मेट्रिक टन डिएपी र २.७५ मेट्रिक टन पोटास मल बिक्री वितरण गरिएको छ । मस्र्याङ्दी गाउँपालिकास्थित दुई वटा डिलरबाट ३.५ मेट्रिक टन युरिया, ०.७५ मेट्रिक टन डिएपी, ०.५ मेट्रिक टन पोटास र ०.२५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ ।

राइनास नगरपालिकास्थित आठ वटा डिलरबाट ३८.२५ मेट्रिक टन युरिया, ६.५ मेट्रिक टन डिएपी, १.१ मेट्रिक टन पोटास, बेँसीशहर नगरपालिकास्थित छ वटा डिलरबाट ३३ मेट्रिक टन युरिया, २.८५ मेट्रिक टन डिएपी, २ मेट्रिक टन पोटास र ०.६२५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ । सुन्दरबजार नगरपालिकास्थित १२ वटा डिलरबाट ७२.३५ मेट्रिक टन युरिया, ३३.९ मेट्रिक टन डिएपी, १.३५ मेट्रिक टन पोटास र ०.६ मेट्रिक टन कृषि चुन बिक्री वितरण गरिएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker