पोखराको गुरुङ मगर रमाइलो ग्रुपलेे तनहुँको मानहुँकोटमा डस्विन राख्यो

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट दक्षिण पश्चिममा पर्ने मानुहुँकोट, प्राकृतिक दृष्याबलोकन गर्न रुचाउनेहरुको लागि राम्रो गन्तब्य हो । व्यास नगरपालिका वडा नं. ५ स्थित मानहुँकोटमा पर्यटकीय चहलपहल बढेसंगै फोहरमैला पनि व्यवस्थित हुन नसकेको अवस्थामा पोखराका एक युवा समुहले मानुहुँकोटमा डस्विन राखिदिएको छ। पोखरामहानगरपालिकाका गुरुङ मगर रमाइलो ग्रुपका समुहले १२ थान डस्बिन राखिदिएको हो ।

गुरुङ मगर रमाइलो ग्रुपका समुहका रेसम राना मगरले फेसवुक टिकटकमा सबैले मानहुँकोटको तस्विरसंगै फोहोर मैला पनि नगरिदिनु होला भन्ने जस्ता समाचारहरु देखेपछि डस्विन नै किनेर राखिदिने भन्दै सोच आएपछि साथीहरुसँग छलफल गर्दा सबैले सहयोग गरेपछी आफुहरु सफल भएको बताए ।

समुहका अर्का सदस्य आश गुरुङले मानहुँकोटमा डस्विन राख्ने अभियान सफल रहेको बताउँदै डस्बिन सौजन्य गरिदिने सबैलाई धन्यवाद दिए । गुरुङले भने उद्देश्य बिनाको घुमाईको कुनै महत्व छैन, हाम्रो उद्देश्य मानहुँकोटमा घुम्नुका साथसाथै डस्बिन पनि राखि त्यहाँको सौन्दयलाई पनि अझै खारिदिउ भनेर अभियानको सुरुवात गरेका हौ ।

हर कोही मानहुँकोट पुगेर तस्विर टिकटक राख्न आतुर हुन्छ्न तर आफु संगै लगेका फोहोर पनि मिल्काएर जान्छन । डस्विन राख्नुका उद्देश्यपनि यही हो, अव्यबस्थित फैलिएका फोहोरहरु केन्द्रित गरेर व्यवस्थित गर्नु । हाम्रो कामले पक्कै पनि अरुलाई पनि यस्ता कार्यमा पोत्साहन मिल्ने कुरामा विश्वास छ।

व्यास-५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठले डस्बिन राखिदिने समुहलाई धन्यवाद दिएका छन् । घुम्न मात्र नभई सामाजिक कार्यमा युवाहरुको सहभागिता प्रसंशनीय रहेको बताए । मानुङकोट पुग्नका लागि कच्ची सडक खुलिसकेको छ। अहिले सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक पक्की बनाउन ठेक्का सम्झौता भएर काम अघि बढिसकेको व्यास-५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठ बताउँछन् ।

‘यहाँ अहिले खाजाघरहरु खुलिरहेका छन्। रोड पक्की हुँदै छ,’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘गतवर्ष हामीले छेउपट्टकिो भागमा भीर भएकोले रेलिङ हाल्यौँ । उनले गण्डकी सरकार र नगरपालिका मिलेर विभिन्न पर्यटकीय संरचना बनाउने, पर्यटकीय गतिविधिका कार्यक्रमहरू पनि गर्ने तयारीमा रहेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker