तनहुँ-१ बाट कांग्रेसले गर्‍यो आकांक्षी उम्मेदवारको नाम सिफारिस

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेस तनहुँले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।

कांग्रेस तनहुँले निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभाका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी र गोविन्द भट्टराइको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय कार्यसमितिबाट सिफारिस भइआएको नामावली जिल्लाले केन्द्रमा सिफारिस गरेको जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए ।

कांग्रेसका शीर्ष नेताहरु मंसिर ४ गतेको निर्वाचनका लागि विभिन्न जिल्लाबाट र्सवसम्मत उम्मेदवार सिफारिस भएपनि प्रधानमन्त्रीको दौडमा रहेका वरिष्ठ नेता पौडेल भने र्सवसम्मत सिफारिस भएनन् ।

देशले आफूलाई कार्यकारी भूमिकामा खोजेको छ भन्ने अभिव्यक्ति दिएपछि झनै चर्चामा आएका पौडेल जिल्लाबाटै र्सवसम्मत सिफारिस हुन सकेनन् ।

प्रतिनिधिसभाको समानुपातिक तर्फरामचन्द्र पोख्रेल, मिरा जोशी र यमुना खड्काको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधिसभाका लागि डा. शेषरमण न्यौपाने र शिवहरि धितालले पनि आवेदन दर्ता गराएपनि क्षेत्रीय कार्यसमितिले भने तीन जनालाई मात्रै सिफारिस गरेको जिल्ला सचिव खनालले बताए ।

यस्तै, प्रदेशतर्फभने धेरै आकांक्षी भएपछि सबैको नाम सिफारिस गरी पठाइएको छ । तनहुँ-१ प्रदेश (क) तर्फरघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, डोवाटे विक, पूर्णबहादुर गुरुङ, सहदेव अधिकारी र शंकर पौडेलको नाम सिफारिस गरिएको छ ।

प्रदेश -ख) तर्फडम्बरबहादुर अधिकारी, दिपक भट्टराइ, रामचन्द्र अधिकारी र अर्जुन अधिकारीको नाम सिफारिस गरिएको जिल्ला सचिव खनालले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker