डुम्रे बजारमा अनुगमन : ५० हजारभन्दा बढीका अखाद्य वस्तु नष्ट

डुम्रे : बन्दीपुर गाउँपालिकाको आयोजना तथा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय तनहुँको समन्वयमा डुम्रे बजार क्षेत्रमा दुई दिनसम्म बजार अनुगमन गरिएको छ। बिहिबार र शुक्रबार सञ्चालन गरिएको अनुगमनमा खाद्य निरीक्षण अधिकृत, गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ डुम्रे इकाईका प्रतिनिधि, नगर प्रहरी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा बिहीबार ४९ र शुक्रबार ६९ गरी कुल ११८ वटा पसल तथा होटल व्यवसायको निरीक्षण गरिएको थियो। सो क्रममा करिब रु ५० हजार ६५० बराबरका खान अयोग्य, म्याद नाघेका तथा अवैध खाद्य पदार्थहरू जफत गरी नष्ट गरिएको गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले बताइन् ।

त्यसैगरी, टिपिएम भ्यालु २५ भन्दा बढी भएका तथा पटक–पटक प्रयोग गरिएका करिब २० लिटर अखाद्य तेल पनि नष्ट गरिएको छ। ११८ वटा व्यवसायमध्ये २६ वटा व्यवसायलाई दर्ता गर्न ७ दिनको समयसीमा दिइएको छ भने पटक–पटक निर्देशन अटेर गर्ने एक खाजा घरलाई गाउँपालिकाले रु ५ हजार जरिवाना गरिएको छ ।

अनुगमनका क्रममा अधिकांश व्यवसायीलाई नियमित सरसफाइ कायम राख्न, खाद्य स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्न, गुणस्तरीय खाद्य सामग्री मात्र बिक्री–वितरण गर्न तथा दर्ता नविकरण प्रक्रिया व्यवस्थित राख्न निर्देशन दिइएको खाद्य डिभिजन दमौलीका प्रमुख ज्योति आचार्यले बताए ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker