चुनावका समयमा चर्चामा आउने घुमाउने पुल

२०७० असार २८ गते मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेबाट तनहुँ जोड्ने गरी त्रिशुली नदीमाथि पक्कि पुल निर्माणलाई सम्झौता भएपनि हालसम्म दुबै तर्फ पिल्लर ठडाउने बाहेक अन्य काम हुन सकेको छैन । चुनावका समयमा राजनीतिकदलको मुख्य नारा बन्ने गरेको यो पुल निर्माण अझै कहिले बन्ने हो टुंगो छैन । दुई वर्षअघि दुवैतर्फ पिल्लर ठड्याइए पनि बाढीका कारण नदीको सतह बढेपछि अहिले पुनः डिजाइन परिवर्तनको प्रक्रिया अगाडि बढाइएको बताइएको छ । दमौलीलाई चितवनसँग जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा लिइएको यो चुनावी नारा र प्रतिवद्धता बन्ने तर पुल निर्माण नहुने अवस्थामा रहेको छ । तस्विर : भञ्ज्याङ










