घरदैलोमै दन्त उपचार सेवा

तनहुँको आँवुखैरेनी गाउँपालिकाले नेलम्बो नेपालको सहकार्यमा वडा नं. ६ को प्यूघरस्थित सहरी स्वास्थ्य केन्द्रमा आइतबारदेखि सञ्चालन गरेको पाँच दिने निःशुल्क दन्त शिविरमा दाँतको उपचार सेवा लिदै एक शिवाग्राही । शिविरको पहिलो दिन आइतबार ७४ जनाले सेवा लिएकामा २ जनाको दाँत भरिएको, २१ जनाले दाँत निकालेका, २६ जनाले आरभिजि, १० जनाले दाँत सफा गर्ने, ७ जनाको दाँतको जरैदेखि उपचार सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । शिविर २२ गतेसम्म सञ्चालन गरिने छ । तस्विर : भञ्ज्याङ










