तनहुँको शुक्लागण्डकीमा ढिस्कोले पुरिएर मृत्यु
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको शुक्लागण्डकीमा बगरको ढिस्कोले पुरिदा मंगलबार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नेत्रावती गाउँपालिका-५ कटुन्जे घर भई हाल शुक्लागण्डकी नगरपालिका-८ किमलडाँडा बस्ने ५३ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
किमलघाटस्थित सेतीनदी बगरमा काम गर्ने सिलसिलामा ढिस्कोले पुरिएर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।










