म्याग्देको जनगणपति विद्यालयलाई बस हस्तान्तरण

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिका-३ स्थित जनगणपछि माध्यमिक विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरिएको छ । म्याग्दे गाउँपालिकाले ४० प्रतिशत अनुदानमा विद्यालयलाई बस हस्तान्तरण गरेको हो ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाको ४० र विद्यालयको ६० प्रतिशत लगानीमा बस खरिद गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइराख्न विद्यालयलाई बस हस्तान्तरण गर्ने योजना बमोजिम हालसम्म चार वटा बस सहयोग गरिएको छ ।’

गाउँपालिकाले यस अगाडि वडा नं. १ स्थित महेन्द्र माध्यमिक विद्यालय र वडा नम्बर २ स्थित राधा माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरिसकेको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयलाई बस सञ्चालनका लागि ४० प्रतिशत अनुदान दिने नीति ल्याएको थियो ।

सोही नीतिअनुसार विद्यालयलाई बस सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीको वातावरणमा सहजरुपमा पढाइ होस् भन्ने हेतुले गाउँपालिकाले ४० प्रतिशत अनुदान दिएर अन्य दायित्व विद्यालयले बेहोर्ने गरी बस खरिद गरिएको उनले बताए ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यार्थीलाई सहजताका साथ विद्यालयमा आउने वातावरण बनाउन विद्यालयमा अनुदान दिने कार्यक्रम प्रभावकारी भएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । वडा नम्बर ४ स्थित मिन माध्यमिक विद्यालयले गत वर्ष नै बस खरिद गरी सञ्चालनमा ल्याइसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker