प्रहरी नियन्त्रणबाट रिहा भएपछि कांग्रेस नेता पौडेलले भने : नागरिकको अधिकारमाथी नांगो हस्तक्षेप

भञ्ज्याङ समाचारदात (दमौली)

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकको अधिकारमाथी नांगो हस्तक्षेप भएको बताएका छन् । जिल्ला प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै पुल उद्घाटनमा जाने क्रममा प्रहरी नियन्त्रणमा परेको पौडेलले बुधबार साँझ ६ बजे रिहाइ भएपछि प्रहरी प्रसाशनको दुरुपयोग गर्दै सरकारले नागरिकको अधिकारमाथी नांगो हस्तक्षेप गरेको बताएका हुन् ।

‘भ्रष्टचारको दलदलमा फसेको यो सरकार जनतामाथी अपराध गरिरहेको र जनताविरोधी सरकारले विस्तारै यो देशलाई प्रतिगमन तर्फलग्दै गरेको छ’, नेता पौडेलले भने, ‘आजको घटना देशभरी नै निन्दा भैरहेको छ । आज देशमा लोकतन्त्र अपमानित भएको छ ।’

‘यो जनविरोधी सरकार हो । हामी राणा शासनसंग पनि लड्यौ, पञ्चायातसंग पनि लड्यौ, कम्यूनिष्ट तानासाहीसंग पनि लड्यौं’, उनले भने, ‘यो आन्दोलनसंगै देशमा संघीय लोकतन्त्र अगाडि बढाउन चाहान्छौं, हामी हार्दैनौ तर हामी गलत कुरा पनि मान्दैनौं ।’

‘हामी सत्यग्राही हौ र हाम्रो सत्यग्रह अगाढि बढाउछौं’, नेता पौडेलले भने, ‘अब आन्दोलन सुरु भैरहेएको छ र यो अगाडि बढ्छ, हामीहरु कुनै पनि गुन्डाहरुको आदेश मान्दैनौ, तस्कारहरुको आदेश मान्दैनौ, लक्ष्य पुरा नहुन्जेल पछाडि हट्ने छैनौ । भोली पनि पुनः भेला भई यो कामलाई अगाडि बढाउने छौं ।’ ‘आफूलाई सुनियोजित ढंगले नै पक्राउ गरिएको र यसको देशैभरि प्रतिकार हुन्छ’, नेता पौडेलले भने, ‘केपी ओली सरकारले सुनियोजित ढंगले नै मलाई पक्राउ गरेको हो ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker