संयुक्त उद्योगी, व्यवसायी तथा कृषक संघको दोश्रो चरणको आन्दोलन

भञ्ज्याङ समाचारदाता/दमौली

संयुक्त उद्योगी, व्यवसायी तथा कृषक संघ तनहुँले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । संघले शनिबार दमौलीमा पत्रकार सम्मेलन गरी अबको दोश्रो चरणको आन्दोलन बैंकिंग सामन्तवादका विरुद्ध गर्ने तयारी भएको जनाएको छ ।
स-प्रमाण ठाउँका ठाउँ मुकाबिला गर्दै समाधान निकाल्न आन्दोलन केन्द्रित हुने संघका अध्यक्ष लक्ष्मीभक्त खनालले बताए। उनले भने, ‘असार ३ र ४ गते भित्र आवश्यक पर्ने व्यवसायीहरुले पुनर्कर्जा, पुनर्तालिकिकरण, पुनसंरचना र आंशिक धितो फुकुवाका लागि आ-आफ्नो बैंकमा लिखित निवेदन दिने, असार ५ देखि ९ गतेसम्म निवेदन माग स्वीकृत वा अस्वीकृत गरेको लिखित जवाफ पठाउने गृहकार्यको लागि बैंकलाई समय दिने र असार १० देखि १५ गते सम्ममा सच्चिन नचाहने बैंक र नियामक निकायलाई सच्चाउन संघर्षमा उत्रिने कार्यक्रम रहेको छ ।’
शान्तिपूर्ण शुद्ध व्यावसायिक आन्दोलनका मागलाई वेवास्ता गर्दा निम्तिन सक्ने कुनै पनि अप्रिय घटनाको जिम्मेवारी सम्बन्धित बैंक तथा वित्तीय संस्था र तिनलाई छाडा छोड्ने नियमनकारी राज्य संयन्त्रले नै लिनुपर्ने संघका अध्यक्ष खनालले बताए ।
नेपाली उद्योगी, व्यवसायी र कृषकहरुले कोभिड-१९ का सबै लहरहरु पार गरी हालसम्म आइपुग्दा आर्थिक मन्दी र बैंकिङ्ग सामन्तबादको गम्भीर सिकार हुनुपरेको तितो यथार्थ घाम जत्तिकै र्छलङ्ग भएको संघका संयोजक गिर बहादुर (मित्र) दुराले बताए ।
उनले भने, ‘परिणाम स्वरूप देशभर घटेका आत्मदाह र आत्महत्याका श्रृंखला प्रति पनि संचार जगत अनभिज्ञ छैन । व्यववसायी र बैंक दुबैलाई बचाउने भन्दा व्यवसायीलाई माने र बैंकलाई अझ मोटाउने गरी मौद्रिक नीति आएको र यसका लागि सरकारनै लागि परेको छ ।’
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker