आदिकविमा कक्षा ११ र १२ का विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीका अभिभावकहरुको भेला

भञ्ज्याङ न्यूज

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले अभिभावक भेला गरेको छ । क्याम्पसले शुक्रबार कक्षा ११ र १२ मा बिज्ञान बिषय अध्यनरत विद्यार्थीका अभिभावकहरुको भेला गरेको हो ।

अभिभावक प्राध्यापक संघका अध्यक्ष सृजना तिवारिको अध्यक्षतामा आयोजित उक्त भेलालाई क्याम्पस संचालक समितिका अध्यक्ष ब्रहृमादत्त तिमल्सेना र उपाध्यक्ष बुद्धिमान श्रेष्ठले सम्बोधन गरेका थिए ।

भेलामा क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले भेलाको उद्देश्यको बारेमा बोल्नु भएको थियो भने सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले स्वागत गरेकी थिइन् ।

भेलामा कक्षा ११ को नयाँ पाठ्यक्रम, सो बमोजिमको विद्यार्थी मुल्याङ्कन प्रक्रिया, मासिक परिक्षाको नतिजा, छात्रवृत्ति, विद्यार्थी शुल्क, नियमित अध्यन अध्यापनमा देखिएका गुनासा, सुझाव, बितरण प्रक्रिया र स्नातक तहका विद्यार्थी भर्ना कार्यक्रमको बारेमा छलफल भएको थियो।

अभिभावकले उक्त भेलामा राखेका जिज्ञासा र गुनासोको कक्षा ११/१२ का कार्यक्रम संयोजक चिरन्जिबी बस्नेत र बिज्ञानका प्राध्यापकहरु सागर न्यौपाने, प्रकाश गैह्रे, रबिन केसी र गणितका प्राध्यापक गोपाल ढुंगानाले सहजिकरण गरेका थिए ।

भेलामा अभिभावक प्राध्यापक संघका सदस्य क्या .खिल बहादुर थापा, प्रमिला गुरुङ लगायत ११० जना अभिभावक र प्राध्यापक कर्माचारीहरुको उपस्थिति रहेको क्याम्पसले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker