ग्रामीण जीवनशैली

तनहुँको बन्दीपुर गाउँपालिकाको धरमपानी गाउँमा घरको दलानमा झुत्ता बनाएर राखिएका मकै । ढुंगामाटोको प्रयोग गरी निर्माण गरिएका परम्परागत घरमा किसानहरुले आफुले उत्पादन गरेका मकै लगायतका अन्नबाली सुकाउन तथा भण्डारण गर्ने यो दृष्य पछिल्लो केही वर्ष यता दुर्लभ बन्दै गएका छन् । यस्तै, परम्परागत शैलीमा बनाइएका घरहरुमा बसोवास नगरिदा खण्डहर बन्दै पनि गएका छन् । तस्विर : भञ्ज्याङ










