खाँचो : बेनिभोलेन्ट डिक्टेटरसिपको

सबै डिक्टेटरहरु हिटलर र मुसोलिनी जस्तै फासिस्ट र क्रुर मात्रै हुँदैन्न । विशौ शताब्दीको सुरुवात ताकाका टर्कीश शाशक मुस्तफा केमल अटार्टुक पनि डिक्टेटर नै थिए । तर फसिस्ट, भ्रष्ट र क्रुर होईन । उदार, विकासप्रेमी र परिबर्तनका पक्षधर । जसले आधुनिक टर्की निर्माणको जग बसाले । जो असमानता, भेदभाव र अन्यायको अन्त्याका लागि बरु क्रुर बने । सैन्य पृष्ठभुमिबाट शासकको रुपमा उदायका उनले टर्कीमा करिब २ दशक शासन गरे । समृद्ध युरोपको अगाडी छायामा अनि उपनिबेशको शिकार भएको टर्कीलाई मुस्तफाले स्वतन्त्र मात्र बनाएनन् । आधुनिक विश्वमा शक्तिशाली र समृद्ध बनाउन जग पनि बसाले । उनी स्वतन्त्र भएपछिको गणतान्त्रिक टर्कीका पहिलो राष्ट्रपति पनि हुन ।

टर्किकोको आधुनिकीकरण, धर्मनिरपेक्षता, सामाजिक आर्थिक सुधारलाई उनले पहिलो प्रथामिकतामा राखे । सोही अनुसार काम गरे । देशलाई औधोगिकिकरण गर्ने, देशब्यापी रेलवे नेर्टवर्क आरम्भ गर्दै युरोपसंग जोडिएर विकासको गतिमा अघि बढने काम उनी बाटै संभव भएको हो । सामजिक र सांस्कृतिक सुधारका लागि अरेविक अल्फावेट हटाएर ल्याटिनवर्णको प्रयोग गरे। जसबाट शिक्षाको आधुनिकिकरणमा आमुल परिवर्तन ल्याए । महिलालाई पहिलो पटक मताधिकारको अबसर पनि उनैले दिलाए । अनि समानताको नारालाई ब्यवहारीक रुप दिए।

हो दुइ दशकसम्म शासन सत्ताको एकल नेतृत्वमा रहेपनि उनले जनस्तर बाट विरोधको सामान गर्नुपरेन । एलिट ग्रुप, भ्रष्ट र अस्थिरता चाहने समुहका लागि उनी कसिंगर बनेपनि दुःखी गरिव र असहायका लागि भने सदा सहयोगीकै रुपमा चिनिए । त्यसैले त उनलाई आधुनिक टर्कीका पिताको रुपमा लिइन्छ । अटार्टुकको अर्थ टर्कीश भाषामा बुवा हो । उनको नामको पछाडी अटार्टुक त्यसकारण नै थपिएको हो। उनले लागु गरेको परिबर्तनको सिद्धान्तलाई केमलिजम भनिन्छ । सन १९२२ नोभेम्बर १ मा अटोमन सुल्तानको शाशन अन्त्य गरेपछि उनको नेतृत्वमा १९२३ जुलाइमा लौसेन सन्धी भयो । अनि टर्की स्वतन्त्र र सार्वभौम देश बन्यो । सन १९२४ मा जव मुस्तफा स्वतन्त्र टर्कीको प्रथम राष्ट्रपति भए तव उनले विभेद र अन्याय फैलाउने मुस्लिम कानुन धार्मिक स्कुलहरु बन्द गरेर समानताको सन्देश दिन थाले । पश्चिमा क्यालेण्डर कै आरम्भ गरे । लैंगिक विभेदको अन्त्यदेखि आधुनिक पश्चिमा पोशाक सबैका लागि खुला गरे ।

यसको उदेश्य थियो टर्किलाई संस्कार, संस्कृती, समानता र विकासमा युरोप कै लयमा अघि बढाउने । सन १९२६ मा नागरीकका लागि नयां नियम अख्तियार गर्दै विवाह, सम्बन्धविच्छेद, ब्यापार जस्ता विषयमा युरोपियान मोडल लागु गर्दै उनले पहिलेका मुस्लिम शासकले अवलम्बन गरेका कटट्रपन्थी नितीलाई विस्थापित गरे । सन १९२७ देखि १९३८ सम्मको दशकमा थुप्रै जनउत्तरदायी निती लागु गरेर देशलाई आधुनिक विश्व तर्फ हिडाइ सकेका थिए । उनको कार्यकालमा अर्थतन्त्रको विकासका लागि उद्योग, कृषी उत्पादन, बैदेशिक सहायत र लगानीमा ठुलो उपलब्धी देशले हासिल गरेको थियो । उनले आफनो शक्ति नै अर्थतन्त्र मजबुत बनाउन खर्चेको बताइन्छ । मुस्तफाको नेतृत्वमा एक दशकमै देशको कुल ग्राहस्थ उत्पादनमा पाँच गुणा बृद्धि भएको तथ्यांक छ । गरिवि, भोकमरी अभावको अन्त्य गराएर समृद्धीको यात्रा तयार गरे ।

ग्रामीण भेकका जनतालाई देशको अर्थतन्त्रको मुलप्रवाहको रुपमा परिभाषित गर्दै अवस्थाको परिबर्तन तल्लो तहबाट आरम्भ गर्नुपर्ने मान्यतालाई स्थापित गरे । यसको मतलव हो श्रमिक, पिछडिएका क्षेत्र र बर्गको उत्थानबाट मात्र आर्थिक समानताको सम्भव छ भन्ने सन्देश । तर्सथ उनले त्यस्ता हेपिएका, थिचिएका दविएका जनताको आधरभुत आवश्यकताको परिपुर्तिलाई शाशनकालमा पहिलो प्रथामिकता दिए । यहि आमुल परिबर्तनको जग बसालेकाले नै मुस्तफालाई आम टर्किशले अटार्टुक अर्थात पिताको रुपमा सम्मान गरेका हुन ।

जोन एफ केनेडीले उनलाई विशौ शताब्दीकै चामत्कारीक नेताको रुपमा परिभाषित गरेका छन । उनलाई युद्धको सफल नेतृत्वकर्ता अनि युद्धपछि शान्ति स्थापना र परिबर्तनका अनुपम उदाहरणीय पात्राको रुपमा पनि हेरिन्छ। सदनमा फरक मत हुँदाहुँदै पनि सुल्तान शाशकको अन्त्यका लागि लिएको एकल निर्णय र आजिवन देशको राष्ट्रपति रहेका उनलाई केही केहीले तानाशाह भने पनि आम टर्किशको नजरमा भने पिता सावित भएका थिए ।

सैन्य पृष्ठभुमिबाट उदाए पनि समानता र स्वतन्त्राता अनि विकासका निम्ति लिएका बोल्ड डिसिजनलाई हेरेर राजनितीशास्त्रीहरु उनलाई बेनिभोलेन्ट डिक्टेटरसिप भन्ने गर्छन । जो तानाशाह तर जनताको लागि काम गर्छ । बेनिभोलेन्ट डिक्टेटरसिप अर्थात उदार तानाशाह । मुस्तफा त्यही उदार तानाशाह हुन जसले आधुनिक टर्की निर्माणका लागि अतुलनीय योगदान पुर्‍याए । देश परिबर्तनमा एउटा शाशकले तानाशाह तर उदार बनेर कसरी जनताको मन र मत जित्न सक्दो रहेछ भन्ने नजिर हुन मुस्तफा ।

हो आज नेपाललाई टर्किश मुस्तफा चाहिएको छ । जसले स्वतन्त्रताको नाममा हुने स्वच्छन्दतालाई नियन्त्रण गरोस । शक्तिको दुरुपयोग गरेर ब्रम्हलुट मच्चाउने नेता र तीनका आफन्त अनि एलिट समुहलाई आजीवन नजरबन्दमा राखोस । शुसाशनको ढवाड पिटेर भ्रष्टचार र कमिसनखोरमा रमाउने शासकको पतन गर्न सकोस । राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका निम्ति मुस्तफाले जस्तै क्रन्तीकारी निर्णय लिने हिम्मत लियोस । समानता, जागरण अनि वर्गीय विभेदको अन्त्य गर्नका निम्ति खुट्टा नकमाओस । नाताबाद कृपावादको फेरो समातेर पुस्तौ पुस्तालाई धन थुपार्न लालयित ठुटे, चम्चे आउर बाउरे स्वघोषित नेताहरुलाई योग्य दक्ष पात्रालाई अवसर दिएर विस्थापित गरोस। हो यति गर्ने आंट र साहास भएको मुस्तफाको छाया पात्रा आज देशलाई चाहिएको छ । जसले विकट कर्णालीमा ढुंगा र गिट्टीसंगको संगतमा आजिवन बिताउन बाध्य भएकाको अवस्थामा बदलाव ल्याउन सकोस ।

परदेशमा गएर जवानी मात्र होईन जीवन नै खेरा फालेर बाकसमा र्फकनु पर्ने विवशताको अन्त्य गराउन सकोस । पढने उमेरमा विद्यालय जान पाउनु त परै जाओस, भोक टार्न भरिया बन्नु पर्ने मेचीदेखि महाकालीसम्म अनि हिमालदेखि तराइसम्मका लाखौं बालबालिकाको बालाधिकारको सुनिश्चितता गर्न सकोस । अवकाश लिएर जीवनको उत्तरार्धमा परिवार आफन्तसंग घुमफिर र आराम गर्ने बेलामा एकल अनि रोग र भोक सहितको जीवन जिई रहेका आमा बाबुको आँखाको आँसु पुछन सकोस । बृद्धबृद्धाले दया र भिखको पात्रा बन्न नपरोस । गफमा होईन यथार्थतामा यती गर्न सक्ने नेतृत्व देशलाई चाहिएको छ । जो रोग, भोक पीडासंग जुधिरहेका नबसामन्तहरुबाट चुसिएका आम जनताको निम्ति मुस्तफा जस्तै मुक्तिदाता बनोस ।

राणाशाशन, शाही शाशन, पञ्चायत, बहुदल, लोकतन्त्र, गणतन्त्र थुप्रै ब्यवस्था बदल्यौ । तर खै गरिखाने बर्गका लागि के भयो – अब स्वतः प्रश्न उठछ । समस्या ब्यवस्थामा होईन रहेछ । समस्या छ त केवल ती ब्यवस्थाको नेतृत्व गर्ने शासकमा, नेतामा । हो यसकारण हामीलाई ब्यवस्था बदल्ने अनि आफु मात्रै बदलिने पात्रा होईन । देश बदल्ने अनि जनताको अवस्था बदल्ने उदार तानाशाह नै चाहिएको छ। मलेसियाका मोहम्मद माथिर र सिंगपुरका लि क्वानलाई एक्काईशौ शताब्दीका मुस्तफाकै रुपमा चिनिन्छ । जसले देशलाई एक पुस्तामै तेश्रो विश्वबाट पहिलो विश्वको स्तरमा पुर्‍याउन सके ।

आधुनिक सिंगापुर र मलेसियाले पाएका परिबर्तनका नायक अब नेपालले जन्माउन जरुरी छ । संधै सुनको कचौरा बोकेर भिख माग्नु पर्ने हाम्रो विवशताको अन्त्य ब्यवस्था बदलेर मात्र सम्भव भएन । हिंसाको माध्यमबाट सत्तामा आएको भएपनि कतै प्रचण्ड मुस्तफा, लि क्वान र माथिरको छाया बनेर देशमा उदाउँछन कि भन्ने अपेक्षा पनि जनताले गरेकै हुन । थोरै डर र केही आशाको पराबर्तनको परिणाम थियो २०६४ मा माओबादीले पाएको मत । तर उनी र उनका आसेपासे परिवारबाद भन्दा माथी उठनै सकेन्न । ज्ञानेन्द्र पनि ‘बेनिभोलेन्ट डिक्टेटर’ बन्छन कि भन्ने आशा जनतामा कही कतै अवश्य थियो । तर उनी पनि फगत डिक्टेटर मात्र बन्ने दुष्प्रयास गरे । हालका प्रधानमन्त्री ओली र विद्धान भनिएका पुर्व प्रधानमन्त्री डा. भट्टर्राईमा पनि आम र्सबसाधरणले समृद्धीको आमुल परिबर्तनको अपेक्षा गरेकै हुन ।

तर उनीहरु पनि केवल परीक्षा मात्र दिई रहेका छन । परिणाम विहिन परीक्षा । तर जनतामा अझै पनि आशा छ । नजिकैको छिमेकले पाएका एक्काईशौ शताब्दीका ‘करिष्मेटिक नेतृत्व’ नेपालले पनि अवश्य पाउनेछ । अनि प्रयोगशालाको प्रसव पिडाको पनि छिटै अन्त्य हुनेछ । खास नेतृत्व, समस्या, संकट र चुनौतीको चौघेरामा घेरिएको बेलामा नै जन्मन्छ । त्यो समयको माग र आवश्यकता दुबै हो । हो त्यसैले अमेरीकाले फेरी जोन एफ केनडी र रुजवेलट जस्तो नेतृत्व नपाउन सक्छ । बेलायतले मार्टिन लुथर किड तुरुन्तै नपाउन सक्छ ।

दक्षिण अप्रिmकालाई मण्डेला जस्तै नेता अब शताब्दी पछि मात्र चाहिन सक्छ । चीनलाई देडद्रङ सिया पिङ तत्कालै नचाहिन सक्छ । किनकी उनीहरुले त्यो पीडाको पहाड पार गरिसकेका छन । ती नेतृत्वले पार गराइ सकेका छन । तर हामी अझै चुनौतीका तीनै चौघेरामा छौ । खाश परिबर्तनको प्रतिक्षामा छौं । यर्सथ तानाशाह नै किन नहोस जनतालाई समानता र समृद्धीको स्वाद चखाउने नेतृत्व चाहिएको छ । मुस्तफा, देङ, मथिर र लि जस्तै ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker