एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी, पदाधिकारीमा पृथ्वीसुब्बा समर्थित प्यानलकै जीत

भञ्ज्याङन्यूज

नेकपा (एमाले) गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । सार्वजनिक  मत परिणाम अनुसार शर्माले ५३१ मत प्राप्त गरे भने प्रतिष्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् ।

कूल ९०६ जनामध्ये ८९६ मत खसेकोमा शर्माले अधिकारीलाई  मतले पछि पारेका हुन् । म्याग्दीका शर्मा तदर्थ समितिका अध्यक्ष पनि हुन् । उनी एमाले उपमहासचिव पृथ्वीसुब्बा समूहबाट मैदानमा प्यानलसहित होमिएका थिए ।

यस्तै, लमजुङका मायानाथ अधिकारी केन्द्रीय सदस्य थिए । अब पराजसँगै पार्टीको विधान अनुसार उनको केन्द्रीय सदस्य पद पनि गुमेको छ । अधिकारी स्थायी कमिटि सदस्य खगराज अधिकारी समूहका हुन् ।

पदाधिकारीमा पृथ्वीसुब्बा समर्थित प्यानलकै जीत भएको बताइएको छ ।

अधिवेशन असोज १५ गतेदेखि सुरु भएको थियो । चौथो दिन विहीबार मध्यान्ह ११ः५५ बजेदेखि सुरु भएको मतदान साढे ५ बजेसम्म चल्ने तालिका सार्वजनिक भएपनि ४ घण्टा बढी समयसम्म चल्यो ।

मतदानमा १० जना अनुपस्थित रहे । बागलुङका २ जना र मनाङका ८ जना प्रतिनिधि अनुपस्थित रहेको बताइन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker