न्यू स्टारको फुटबल प्रतियोगितामा आयोजक विजयी

  • भञ्ज्याङ समाचारदाता (दमौली)

न्यू स्टार युनाइटेड क्लबले सञ्चालन गरेको सेभेन ए साइड खुल्ला पुरुष फुटबल प्रतियोगितामा आयोजक न्यू स्टार युनाइटेड ‘सी’ विजयी बनेको छ । दमौलीको बीपी वन वाटिकाको खेल मैदानमा बुधबार भएको फाइनल प्रतियोगिता दोभान युवा क्लब ‘ए’लाई ३-० गोलअन्तरले पराजित गर्दै न्यू स्टार विजयी भएको हो ।

यसैगरी महिलातर्फको फाइनल खेलमा एन्फा तनहुँको महिला टिमलाई ३-० ले हराउँदै कास्कीको भदौरे खेल एकेडेमी विजयी बनेको छ । प्रतियोगिताका विजेतालाई व्यास नगरपालिकाका गैर आवासीय युवा सल्लाहकार रजनजंग शाहीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा न्यु स्टार ‘सी’का रोशन दोङ बेस्ट डिफेन्स, रोमन थापा मगर बेस्ट किपर तथा क्याप्टेन दिपेश आले मगर बेस्ट प्लेयर घोषित भएका छन् । कार्यक्रममा खोलाडीहरुलाई पुरस्कृत गर्दै शाहीले आफू ३० वर्ष अघि घाँसको मैदानमा फुटबल खेलेको स्मरण गर्दै अहिलेसम्म व्यवस्थित मैदान नहुनु दुःखद् भएको बताउँदै उनले खेलका लागि यहाँका युवामाझ सहकार्य गर्न आफू तयार रहेको प्रतिवद्धता जनाए । क्लबका संरक्षक एवं व्यास युवा क्लबका अध्यक्ष मीनबहादुर गुरुङ चरिबाबाले खेल मैदान व्यवस्थित पार्नका लागि व्यास नगरपालिकाले पहल गर्नुपर्ने बताए ।

क्लबका अध्यक्ष चोकप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश महिला फुटबलका प्रमुख प्रशिक्षक सोम थापा, व्यास नगरपालिकाका प्रेस सल्लाहकार प्रदीप काफ्ले, फुटबल ग्राउण्ड निर्माण सरोकार समितिका संयोजक भुवन गोशली, फुटसल संघ तनहुँका अध्यक्ष कुमार श्रेष्ठ, राष्ट्रिय सरोकार मञ्चका केन्द्रीय सदस्य उज्वल भट्टराइ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker