२० लाख ८२ हजार रुपैयाँको लागतमा नाहालामा खानेपानी

  • भञ्ज्याङ समाचारदाता (डुम्रे)

तनहुँको बन्दिपुर गाउँपालिका-१ को नाहाला स्थित ढुङढुंगे मूल खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्तर्गतको खानेपानी आयोजना निर्माण सम्पन्न गरी घरघरमा धारा जडान गरिएको छ । गाउँपालिकाको १० लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारको ५ लाख रुपैयाँ उपभोक्ता समितिको ५ लाख ८२ हजार ४४५ रुपैयाँ गरी २० लाख ८२ हजार ४४५ रुपैयाको लागतमा उक्त खानेपानी आयोजना निर्माण सम्पन्न गरिएको हो ।

उक्त आयोजना अन्तरगत एक विद्यालय सहित यहाँका ३२ घर परिवारले अहिले सहज रुपमा शुद्ध खानेपानी उपभोग गरेको वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए । उक्त खानेपानी आयोजनाको एक कार्यक्रमका बीच उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले प्रदेशले एक घर एक धारा अभियान सञ्चालन गरेको र अब बाँकी रहेको दुइ वर्षे कार्यकालमा सम्पूर्ण घरघरमा स्वच्छ तथा सफा खानेपानी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको बताए ।

चुनावी घोणापत्रमा भए अनुसार सम्पूर्ण गुरुयोजनाको कामहरू आगामी दुइ वर्षभित्र सम्पन्न गर्ने गरी प्रदेश सरकारले काम आगाडी बढिरहेको समेत बताएका थिए । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरु खानेपानी आयोजना सम्पन्न भएकोमा निकै खुसी भएको आयोजनाका उपाध्यक्ष ऋषि बहादुर क्षेत्रीले बताए ।

उपभोक्ता समितिका अध्यक्ष बाबुलाल प्रधानको अध्यक्षतामा आयोजित खानेपानी आयोजना उद्घाटन कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, उपाध्यक्ष करुणा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश सुबेदी, नेकपा गण्डकी प्रदेश सदस्य हेमराज लामिछाने, जिल्ला सदस्य तथा बन्दिपुर सचिव जीवन कायस्थ, बन्दिपुर-१ का वडा अध्यक्ष भानुभक्त पोख्रेल लगायतले जनताका आधारभूत आवश्यकता पुरा गर्न तीनै तहका सरकार लागि परेको बताए ।

यस्तै, उक्त कार्यक्रममा संस्थापक अध्यक्ष ल्याप्टेन मानकाजी श्रेष्ठ, जग्गादाता विष्णु खत्री, वृद्ध सदस्य छलीमाया श्रेष्ठ र शरण खड्कालाई सम्मान गरिएको समितिका सचिव बद्री कुमार श्रेष्ठले जानकारी गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker