गठबन्धन लामो समयसम्म टिक्दैन: उपमहासचिव गुरुङ

भञ्ज्याङ समाचारदाता/पोखरा

नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै अवसरवादका जगमा बनेको गठबन्धन कमजोर बन्दै गएको बताउनुभयो ।

वर्तमान सरकारले मुलुकको विकास एवं जनताका अपेक्षालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उहाँले पत्रकार जगत्ले यस किसिमका मुद्दालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । पत्रकारिता क्षेत्र जिम्मेवार र मर्यादित हुनुपर्ने बताउँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका गुरुङले समाजका सत्यतथ्य कुरालाई जनतामाझ ल्याउनुपर्नेमा जोड दिनुभयो ।

चौतारीमा आबद्ध पत्रकारहरु नेताका वरिपरि घुम्नुभन्दा अध्ययन, अनुसन्धानका आधारमा लेख रचनाको माध्यमबाट जनतालाई सुसूचित गर्दै समृद्ध नेपालको अभियानमा जुट्नुपर्नेमा उहाँको जोड थियो । नेकपा (एमाले) सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले माओवादीले एससिसी सम्झौतामा सडक र सदनमा दोहोरो चरित्र देखाएको बताउनुभयो ।

सञ्चार क्षेत्रले समाजको परिवर्तनका लागि खोजमूलक पत्रकारितामा जोड दिँदै उहाँले त्यसका लागि क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पार्टी पोलिटब्यूरो सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज मना केसीले पार्टीको नीति, सिद्धान्त र विचारलाई जनतासमक्ष पुर्‍याउन पत्रकारहरूले जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रेस चौतारी नेपालको वैशाख २७ र २८ गते पोखरामा हुने नवौँ महाधिवेशन आयोजक कमिटी संयोजक गणेश पाण्डेले महाधिवेश सम्पन्न गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका प्रेस चौतारीका संस्थापक, केन्द्रीय पदाधिकारीलगायत १७ जनालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

प्रेस चौतारी गण्डकी प्रदेश संयोजक सुष्मा पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, प्रेस चौतारीका नेता दुर्गाप्रसाद शर्मा, रामकृष्ण शर्मा, व्रि्रोही गिरी, प्रकाशचन्द्र भट्टराइ लगायतले पत्रकारिता क्षेत्रको भूमिका र महत्वमाथि चर्चा गर्नुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker