फाेटाे फिचर
-
७ पुष २०७९, बिहीबार ११:४०फुटबल प्रतियोगिता
तनहुँको व्यास नगरपालिका-३ बिपी वनवाटिकामा जारी दोस्रो दोभान तथा प्रथम राजेन्द्र स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा प्रतिस्पर्धा गर्दै हैरान्स क्लव र अलस्टार युवा क्लवका खेलाडी । उक्त खेलमा अलस्टार १-० ले विजयी भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ पुष २०७९, बिहीबार ११:३८सडक विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाको कोत्रेमा भित्तो काटेर सडक चौडा गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ पुष २०७९, मंगलवार ११:०४पोलेको मकै
पोखराको मणिपाल अस्पतालको गेटमा हरियो मकै पोलेर बिक्रीवितरण गर्दै एक महिला । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ पुष २०७९, सोमबार ११:४८विद्यार्थीले तयार पारेको विज्ञान सामग्री
रामतुलसी मावि रामपुर पाल्पामा कक्षा ११ र १२ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीले तयार पारेका विज्ञान सामग्री । तस्बिर : सुशीला रेग्मी/रासस
पुरा पढ्नुहोस -
४ पुष २०७९, सोमबार ११:४२राजमार्ग बिस्तार तीव्र
पृथ्वी राजमार्गको मुग्लिङ-पोखरा सडक बिस्तार योजना अन्तरगत जामुने-पोखरा खण्डको शुक्लागण्डकी स्थित गाछेपानीमा सडक टेवा पर्खाल लगाइदै । सडक बिस्तार अभियान अन्तर्गत राजमार्गको आँबुखैरेनी-जामुने खण्ड र जामुने-पोखरा खण्डमा सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ पुष २०७९, शुक्रबार ११:२९वैकल्पिक मार्गको निर्माण
तनहुँको शुक्लागण्डकी नगरपालिकाको बजार सरसफाईबाट निस्केको सामग्री नगरपालिकाको वडा नं. ४ नयाँपुलदेखि गाछेपानी जाने सडकखण्डमा प्रयोग गरी वैकल्पिक मार्ग निर्माण गरिदै । नगरपालिकाले प्राविधिक लगत इस्टमेट बमोजिम वडा नं. ८, ९, १०, ११, १२ लगायतका स्थानबाट आउने सवारी साधनको वैकल्पिक मार्गको प्रयोग गर्ने र सवारी…
पुरा पढ्नुहोस -
१ पुष २०७९, शुक्रबार ११:२६कृषकलाई अनुदानमा हाते ट्याक्टर
तनहुँको भिमाद नगरपालिकाको वडा नं. ९ का कृषकलाई हाते ट्याक्टर हस्तान्तरण गर्दै नगर उपप्रमुख शारदा खनाल । नगरपालिकाको समन्वयमा कृषिसंग सम्बन्धित संस्था हेफर र अतिप्रिय सहकारीको सहयोगमा कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ मंसिर २०७९, बिहीबार ११:३८कोदो टिप्दै किसान
खोटाङको रावाबेंसी गाउँपालिका-१ कुभिण्डेस्थित दाहालगाउँका किसान कोदो टिप्दै । जिल्लामा कोदोको उचित मूल्य नपाउँदा कृषकले कोदोखेती कम गर्न थालेका छन् । तस्बिर : केदार मगर/रासस
पुरा पढ्नुहोस -
२९ मंसिर २०७९, बिहीबार ११:३५गाउँपालिकाको एम्वुलेन्स सेवा
तनहुँको आँवुखैरेनी गाउँपालिकाले वडा नं. ५ छिम्केश्वरी क्षेत्रका बासिन्दालाई लक्षित गरी सञ्चालनमा ल्याएको एम्वुलेन्स सेवा । भौगोलीक हिसावले कठिनाई तथा जोखिमयुक्त सडकका कारण सहज रुपमा यातायात सुविधाको पहुँच नहुँदा स्वास्थ्य उपचार सेवा लिनबाट बञ्चित भएका सुत्केरी तथा बुढाबुढीहरुलाई गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।…
पुरा पढ्नुहोस