हाटबजारमा उत्पादक र उपभोक्ताको भेटघाट

तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा सञ्चालनमा ल्याएको कृषि हाटबजारमा उत्पादक र उपभोक्ताहरु स्थानीय उत्पादित कृषि उपज खरिद बिक्री गर्दै ।

गाउँपालिकाले बिचौलियाको अन्त्य गर्दै स्थानीय कृषि उपजलाई सहज रुपमा खरिद बिक्री गर्ने व्यवस्था मिलाउनका लागि प्रत्येक शुक्रबार कृषि हाटबजार सञ्चालनमा ल्याएको छ ।

हाटबजारमा उत्पादक र उपभोक्ताको आकर्षण बढ्दै गएपछि वडा नं. १ को डुम्रे बजारमा पनि कृषि हाटबजार सञ्चालन गर्ने तयारी गरेको छ। तस्विर : भञ्ज्याङ










