व्यासमा प्लास्टिकका कृत्रिम फूलगुच्छा प्रयोग गर्न नपाइने

दमौली : तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकजन्य कृत्रिम फूलगुच्छा तथा सजावटी सामग्रीको बिक्री–वितरण, भण्डारण र प्रयोग नगर्न आग्रह गरेको छ । वातावरण संरक्षण तथा प्रचलित कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाले यस्तो आग्रह गरेको हो ।

नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारको निर्णय तथा प्रचलित कानुनबमोजिम प्लास्टिकजन्य कृत्रिम फूलगुच्छा तथा सजावटी सामग्रीको उत्पादन, आयात, बिक्री–वितरण, भण्डारण र प्रयोगमा रोक लगाइएको जनाएको छ । सोही व्यवस्थाको कार्यान्वयनका लागि नगर क्षेत्रका व्यवसायी, संघसंस्था तथा सर्वसाधारणलाई प्रतिबन्धित सामग्रीको कारोबार र प्रयोग नगर्न नगरपालिकाले सचेत गराएको हो ।

यस्तै, नगरपालिकाले बजार तथा व्यावसायिक क्षेत्रमा अनुगमनलाई तीव्रता दिने जनाएको छ । अनुगमनका क्रममा कानुनविपरीत प्रतिबन्धित सामग्रीको कारोबार, भण्डारण वा प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने नगरपालिकाले स्पष्ट पारेको छ ।

विशेषगरी चाडपर्व, उत्सव, सभा–समारोह तथा विभिन्न औपचारिक कार्यक्रममा सजावट र शुभकामना आदानप्रदानका लागि कृत्रिम फूलगुच्छा तथा प्लास्टिकजन्य सजावटी सामग्रीको प्रयोग हुने गरेको भन्दै नगरपालिकाले यसको विकल्पमा प्राकृतिक फूल तथा वातावरणमैत्री सामग्री प्रयोग गर्न आग्रह गरेको छ ।

प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै जाँदा वातावरणीय प्रदूषण तथा फोहोर व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा स्थानीय तहबाट प्रतिबन्धित सामग्रीको प्रयोग नियन्त्रण गर्न थालिएको नगरपालिकाले जनाएको छ । प्राकृतिक फूल तथा स्थानीयस्तरमा उपलब्ध वातावरणमैत्री सामग्रीको प्रयोगले वातावरण संरक्षणसँगै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत सहयोग पुग्ने नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले नगरवासी, व्यवसायी, संघसंस्था तथा सम्बन्धित सबै पक्षलाई कानुनी व्यवस्थाको पालना गर्दै वातावरण संरक्षण अभियानमा सहयोग गर्न अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker