फाेटाे फिचर
-
२१ असार २०७८, सोमबार १२:३०बाढीपहिरो पीडितलाई राहत : त्रिपाल पाएपछिको खुसी (फोटोफिचर)
तनहुँको बन्दिपुर गाउँपालिकाकी पहिरो पीडितलाई विभिन्न संघसंस्थाहरुले राहत स्वरुप त्रिपाल र खाद्यन्न उपलब्ध गराएका छन् । गाउँपालिकाको समन्वयमा बाढी पहिरोले क्षतबिक्षत बनाएको वडा नम्बर १ को चेपाङ र भुजेल गाउँ, २ नं. वडाको खहरे, धारापानी, पौवा, ३ नं. वडाको तामूङ र वडा नम्बर ४, ५…
पुरा पढ्नुहोस -
२० असार २०७८, आईतवार १२:२०पहिरोको चपेटामा सडक
अविरल झरीसंगै आएको बाढीपहिरोबाट छियाछियाँ बनेको तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरबाराही मोटर मार्ग । पहिरोले सडकमा ठूलो क्षति पुर्याएका कारण यो मार्ग अहिले पूर्णरुपमा बन्द छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ असार २०७८, बिहीबार १२:२७रोजगार कार्यक्रमबाट चौतारा निर्माण
तनहुँको बन्दिपुर गाउँपालिकामा अध्यक्षसँग रोजगार कार्यक्रम अन्तर्गत खड्गदेवी मन्दिर अगाडिको चौतरा मर्मत सम्भार गर्दै मजदूरहरु । गाउँपालिकाले चौतरा, पाटीपौवा लगायतका ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ असार २०७८, मंगलवार १८:५७तनहुँको भानु-१३ मिर्लुङमा रोपाइँको रमाईलो ! हेर्नुस् तस्बिरमा
धान दिवसको अवसरमा तनहुँको भानु नगरपालिका-१३ मिर्लुङको खड्कागाउँमा रोपाइँ कार्यक्रम गरिएको छ । गाउँघरमा युवा जनशक्ति कम हुँदै जाँदा मेलापर्म गरी खेतीपाती गर्ने संस्कृति हराइरहेको अवस्थामा यो संस्कृतिलाई जोगाई राख्ने उद्देश्यले खड्कागाउँका बुबाआमा समुहको सक्रियतामा १५ असार अर्थात धान दिवसका अवसरमा पहेले खेतमा रोपाई कार्यक्रम…
पुरा पढ्नुहोस -
१५ असार २०७८, मंगलवार ११:५८भुजेल समुदायलाई फलफूलका विरुवा
सव डिभिजन वन कार्यालय विमलनगरले उपलब्ध गराएको आँप, लिची र कागतीका बिरुवा लिएर घरतर्फ जाँदै भुजेल समुदाय । कार्यालयले बन्दिपुर र आँबुखैरेनीका ७५ भुजेल परिवारलाई १०/१० वटा आँप, लिची र कागतीका बिरुवा उपलब्ध गराएको डिभिजन वन अधिकृत कोमलराज काफ्लेले जानकारी गराए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ असार २०७८, मंगलवार ११:४८आयआर्जनका लागि उन्नतजातका बाख्रा वितरण
तनहुँको भानु नगरपालिका-४ का महिलाहरुलाई आय आर्जनका लागि उन्नतजातका बाख्रा अनुदानमा वितरण गरिदै । पूर्वमन्त्री पद्मा कुमारी अर्याल र राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेको पहलमा कृषि तथा पशुपन्छी मन्त्रालयबाट भानु-४ को मिलनशिल महिला समूहमा आवद्ध महिलाहरुलाई बाख्रा वितरण गरिएको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ असार २०७८, आईतवार ११:१६म्याग्देको छाङ्गा ‘दी’ झरना
तनहुँको म्याग्दे गाउँपालिका-५ थाङदीमा रहेको छाङ्गा ‘दी’ झरना । मनसुनी वर्षा शुरु भएसंगै झरनामा पानी झरेको दृष्य निकै आकर्षक भएको र जिल्लामा निषेधाज्ञा खुकुलो भएसंगै झरना अवलोकनका लागि आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ । तस्विर: राजकुमार आले/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० असार २०७८, बिहीबार ११:१२फलफूलका बिरुवा रोपण
तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोक सामुदायिक वनमा बाँदर व्यवस्थापनका लागि फलफूलका बिरुवा रोपण गरिँदै। तीन हेक्टर क्षेत्रफलमा १४ प्रजातिका ८५० फलफूलका बिरुवा रोपण गरिने भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० असार २०७८, बिहीबार ११:०५विपन्न महिलालाई बाख्रा वितरण
तनहुँको भानु नगरपालिका-८ स्थित सिर्जना जैविक महिला समूहका विपन्न दलित महिलालाई बाख्रा वितरण गरिँदै । समूहमा आबद्ध १२ दलित महिलालाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस