फाेटाे फिचर
-
१३ बैशाख २०७८, सोमबार ११:०१ट्याक्टरले धुलो उडाएपछि बाटो बन्द
तनहुँको भिमाद नगरपालिका-५ स्थित रिसिङ पटानको तल्लो टोलका बासिन्दाले रोकेका ट्याक्ट । सेती गण्डकी घाटबाट नदीजन्य वस्तु ओसारपोसार गर्दा ट्याक्टरले धुलो उडाएको भन्दै स्थानीयले सडक अवरुद्ध गरी घाटका ठेकेदारहरुलाई सडकमा पानी हालेर मात्र ट्याक्टर सञ्चालन गर्न माग गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ बैशाख २०७८, आईतवार ११:०८दमौलीमा एभेरेष्ठ बैंकको शाखा
तनहुँको दमौलीमा एभरेष्ट बैंकको शाखा कार्यालय उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने । बैंकले गत शुक्रबारदेखि दमौलीमा १०३औं शाखाको रुपमा शाखा विस्तार गरी कारोवार शुरु गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ बैशाख २०७८, आईतवार ११:०७व्यक्तिगत घटना दर्ता कार्यक्रम
म्याग्दे गाउँपालिकाले सञ्चालनमा ल्याएको व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष मायादेवी राना । गाउँपालिकाले ७ वटै वडा कार्यालयबाट व्यक्तिगत घटना दर्ता कार्यक्रम शुरु गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० बैशाख २०७८, शुक्रबार १२:३१प्रचारप्रसारको पखाईमा भगवती मन्दिर
तनहुँको व्यास नगरपालिका-११ तनहुँसुर स्थित भगवती मन्दिर । विशेष गरी ठूलो एकादशी तिथिका दिन फूल तार्ने तथा अन्य समयमा पूजाअर्चना गरिने यस मन्दिरको उचित प्रचार प्रसार नहुँदा ओझेलमा पर्दै आएको छ । व्यास नगरपालिकाले यस मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अहिले तनहुँसुर इको…
पुरा पढ्नुहोस -
१० बैशाख २०७८, शुक्रबार १२:२०विद्यार्थीलाई वातावरण सम्बन्धी सचेतना
तनहुँको बन्दिपुर गाउँपालिका-१ पिप्ले स्थित पवित्रा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई वन, वातावरण, वन्यजन्तु र मानिसको सम्बन्धका विषयमा सहजिकरण गर्दै तनहुँका डिभिजन वन अधिकृत कोमलराज काफ्ले । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ बैशाख २०७८, बिहीबार ११:०७गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
तनहुँको व्यास नगरपालिका-२, बालमन्दिर माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई बुधबार छात्रवृत्ति प्रदान गर्दै लायन्स क्लब ३२५वि१ का पूर्व गभर्नर अशोककुमार श्रेष्ठ। क्लवले पढाऔ अभियान अन्तर्गत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । तस्बिर: भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ बैशाख २०७८, बिहीबार १०:५९पदमार्ग बनाउँदै मजदुर
तनहुँको व्यास नगरपालिका-११ को मुलपानी स्थित ‘तनहुँसुर इको-ट्रेक’ अन्तरगतको पदमार्ग निर्माणमा खट्टएिका प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत मजदुरहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ बैशाख २०७८, बुधबार ११:३५कोरोना विरुद्ध दोस्रो मात्राको खोप
कोरोना भाइरस (कोभिड-१९) विरुद्ध दोस्रो मात्राको खोप लगाइदिदै स्वास्थ्यकर्मी । मंगलबार र बुधबार गरी २ दिनमा जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रबाट पहिलो मात्रमा खोप लगाएका करिव ५ हजार जनालाई दोस्रो मात्राको खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए । खोप अभियाका…
पुरा पढ्नुहोस -
८ बैशाख २०७८, बुधबार ११:२१कुमाल गाउँका किसानलाई मकै छर्न चटारो
शंखुवासभाको खाँदबारी नगरपालिका-९, तुम्लिङटारको कुमाल गाउँका किसान बारीमा मकै रोप्दै। मकै यस क्षेत्रको मुख्य अन्नबाली हो । कृषि ज्ञान केन्द्र शंखुवासभाका प्रमुख गोविन्द आचार्यका अनुसार किसानले शंखुवासभामा १२ हजार ४५८ हेक्टरमा मकैबाली लगाउने बताउनुहुन्छ । तस्बिर : भविन कार्की/रासस
पुरा पढ्नुहोस