अर्थ
-
बन्दीपुरमा सामी कार्यक्रम अन्तर्गत चप्पल बनाउने तालिम
तनहुँको बन्दीपुर गाउँपालिका-१ बानियाटारमा चप्पल बनाउने तालिम सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम सामी अन्तर्गत वित्तीय साक्षरता कक्षामा सहभागीहरूलाई १ हप्ते चप्पल बनाउने तालिम सञ्चालन गरिएको हो । वैदेशिक रोजगारीमा रहेका घरपरिवारका सदस्यहरूलाई लक्षित गरी वित्तीय साक्षरताको २१ हप्ते कक्षा सम्पन्न पश्चात सिपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले…
पुरा पढ्नुहोस -
दमौलीमा नयाँ एनसेल सेन्टर सञ्चालनमा
एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ महर्षी चोक (एसबीआई बैंक अगाडि) ब्यास नगरपालिका–३, दमौलीमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको हो । आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’…
पुरा पढ्नुहोस -
तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती
जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो । यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार…
पुरा पढ्नुहोस -
म्याग्देको थर्पुमा प्रथम म्याग्दे महोत्सव गरिदै
तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुमा प्रथम म्याग्दे महोत्सव गरिने भएको छ । थर्पु युवा क्लवले यही जेठ २५ देखि असार २ गतेसम्म प्रथम म्याग्दे महोत्सव गर्न लागेको हो । यस क्षेत्रको आर्थिक कारोबारलाई चलायमान गराउन, समग्र म्याग्देको भाषा, कला र संस्कृतिलाई एउटै थलोमा प्रस्तुत गर्ने उद्देश्य सहित क्लवले महोत्सव गर्न लागेको…
पुरा पढ्नुहोस -
तनहुँका स्थानीय तहमा रु २७ करोड बेरुजु
तनहुँका स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० मा करिब रु २७ करोड बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार तनहुँमा रु २६ करोड ९५ लाख ४४ हजार बेरुजु देखिएको हो । यो बेरुजु गत आर्थिक वर्षको तुलनामा कम हो । आर्थिक वर्ष २०७८/७९ मा…
पुरा पढ्नुहोस -
बजेटमा कसले पाए के ?
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको बजेटले क–कसलाई प्राथिमिकता दिएको छ ? कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेटमा किसान, साना उद्यमी र स्टार्टपलाई सरकारले प्राथमिकता दिएको छ । विद्यार्थी र युवाको रोजगार लक्षित देखिएको बजेटमा कर्मचारी, खेलाडी र अन्य पेसाकर्मीलाई…
पुरा पढ्नुहोस -
बजेटमा गण्डकी : पर्यटनको आर्थिक हबदेखि गण्डकी आर्थिक त्रिभुज परियोजनासम्म
सरकारले गण्डकी प्रदेशलाई पर्यटनको आर्थिक ‘हब’ बनाउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा आज सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रस्तुत गर्नुभएको आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा सातै प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्रका रुपमा विकास गर्ने योजनाअन्तर्गत गण्डकीलाई पर्यटन प्रदेशका रुपमा पहिचान गरिएको बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा, चितवनको…
पुरा पढ्नुहोस -
मन्त्रालयगत बजेट: कुन मन्त्रालयलाई कति बजेट ?
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात…
पुरा पढ्नुहोस -
अर्थमन्त्रीले ल्याए १८ खर्ब ६० अर्बको बजेट (पूर्णपाठ)
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात…
पुरा पढ्नुहोस -
तनहुँमा चालु आवको दश महिनाको अवधिमा विकास बजेटको खर्च अवस्था कमजोर
तनहुँमा चालु आर्थिक वर्षको दश महिनाको अवधिमा विकास बजेटको खर्च अवस्था कमजोर देखिएको छ । सङ्घीय तथा प्रदेश सरकारमार्फत् जिल्लाका लागि विनियोजित विकास बजेटको खर्च अवस्था निराशा जनक देखिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विनियोजित बजेटमध्ये वैशाखसम्म ४३ प्रतिशतमात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक…
पुरा पढ्नुहोस