बन्दीपुरमा सामी कार्यक्रम अन्तर्गत चप्पल बनाउने तालिम

तनहुँको बन्दीपुर गाउँपालिका-१ बानियाटारमा चप्पल बनाउने तालिम सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम सामी अन्तर्गत वित्तीय साक्षरता कक्षामा सहभागीहरूलाई १ हप्ते चप्पल बनाउने तालिम सञ्चालन गरिएको हो ।

वैदेशिक रोजगारीमा रहेका घरपरिवारका सदस्यहरूलाई लक्षित गरी वित्तीय साक्षरताको २१ हप्ते कक्षा सम्पन्न पश्चात सिपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वित्तीय साक्षरता सहजकर्ता मन्सरी गुरुङले बताइन् ।

तालिममा सहभागि समूहले आफ्नै डिजाइन र ब्रान्डमा सबै मानिसले लगाउन मिल्ने हवाई चप्पल उत्पादन गर्न सक्षम भएको बानियाटार टोल विकास समूहका अध्यक्ष शिव खत्रीले बताए ।

बन्दीपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले सीपले मानिसलाई स्वरोजगार बनाउने हुँदा सिकेको सीपलाई उपयोग गरी आर्थिक उपार्जनमा लाग्न आग्रह गरे ।

स्वदेशमै आत्मनिर्भर बन्न सक्ने तथा विदेश जान चाहनेहरूका लागि पनि यस्ता सीपले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

सीपसँगै चप्पल बनाउने प्रविधि हस्तान्तरण गर्ने र बजार व्यवस्थापनमा पालिकाले सघाउने पालिका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठले बताए

सुरक्षित आप्रवासन परियोजना सामीले वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका भएपनि रिटर्नी स्वयंसेवक मार्फत आ-आफ्नो क्षेत्रमा वैदेशिक रोजगारमा जान चाहने युवा र फर्किएका युवाहरूलाई सूचना, न्याय, सीप र अन्य विषयवस्तुमा यस परियोजनाले सचेतना कार्यक्रम मार्फत काम गर्दै आइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker