तनहुँका स्थानीय तहमा रु २७ करोड बेरुजु

तनहुँका स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० मा करिब रु २७ करोड बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार तनहुँमा रु २६ करोड ९५ लाख ४४ हजार बेरुजु देखिएको हो । यो बेरुजु गत आर्थिक वर्षको तुलनामा कम हो । आर्थिक वर्ष २०७८/७९ मा तनहुँमा रु ३५ करोड ४१ लाख ४७ हजार बेरुजु थियो । गत आर्थिक वर्षको तुलनामा जिल्लामा बेरुजुको स्थितिमा सुधार आएको छ ।
महालेखा परीक्षकको कार्यालयले उक्त अवधिमा रु १६ अर्ब १७ करोड २२ लाख ३२ हजारको लेखापरीक्षण गरेको थियो । त्यसमध्ये रु २६ करोड ९५ लाख ४४ हजार बेरुजु देखिएको छ । कार्यालयले जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा लेखा परीक्षण गरेको थियो ।
भानु नगरपालिकाको रु दुइ अर्ब १७ करोड ७० लाख २४ हजारको लेखापरीक्षण गरिएकामा रु एक करोड २७ लाख ५७ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको ०.५९ प्रतिशत हो ।
भिमाद नगरपालिकाको रु एक अर्ब ५२ करोड ९३ लाख ३९ हजारको लेखापरीक्षण गरिएकामा रु एक करोड १९ लाख ४८ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको रु ०.७८ प्रतिशत हो।
व्यास नगरपालिकाको रु तीन अर्ब १२ करोड आठ लाख ४४ हजारको लेखापरीक्षण गरिएकामा रु पाँच करोड ६५ लाख ८७ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको १.८२ प्रतिशत हो ।
शुक्लागण्डकी नगरपालिकाको रु दुइ अर्ब ३५ करोड ५५ लाख नौ हजारको लेखापरीक्षण गरिएकामा रु चार करोड ३८ लाख ७० हजार बेरुजु देखिएको छ । जुन कुल रकमको १.८६ प्रतिशत हो ।
आँबुखैरेनी गाउँपालिकाको रु एक अर्ब २१ करोड नौ लाख ६६ हजारको लेखापरीक्षण गरिएकामा रु ८५ लाख ४६ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको ०.७१ प्रतिशत हो ।
ऋषिङ गाउँपालिकाको रु एक अर्ब ३७ करोड ४५ लाख ५० हजारको लेखापरीक्षण गरिएकामा रु दुइ करोड ७७ लाख ११ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको २.०२ प्रतिशत हो ।
घिरिङ गाउँपालिकाको रु ९८ करोड १४ लाख ३७ हजारको लेखापरीक्षण गरिएकामा रु दुइ करोड ७७ लाख ४७ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको २.८३ प्रतिशत हो ।
देवघाट गाउँपालिकाको रु एक अर्ब ७ करोड ९२ लाख ९० हजारको लेखापरीक्षण गरिएकामा रु पाँच करोड ३६ लाख ७० हजार बेरुजु देखिएको छ । जुन कुल रकमको ४.९७ प्रतिशत हो ।
बन्दीपुर गाउँपालिकाको रु एक अर्ब आठ करोड ८८ लाख ९० हजारको लेखापरीक्षण रु दुइ करोड ३४ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको १.८४ प्रतिशत हो । म्याग्दे गाउँपालिकाको रु एक अर्ब २५ करोड ४३ लाख ८३ हजारको लेखापरीक्षण गरिएकामा रु ६६ लाख ७४ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको ०.५३ प्रतिशत हो ।
सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानूनी विधि प्रकृया पूरा नगरी देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोवारको हिनामिना हो, जसलाई आर्थिक अनुशासन हिनताको उपजका रुपमा लिइन्छ । प्रचलित कानून बमोजिम पुर्याउनुपर्ने रित नपुर्याई कारोवार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोवार गरेको रकमलाई बेरुजुमा राख्ने गरिन्छ ।










