अर्थ
-
बन्दीपुरका कृषकलाई मौरी सहितका घार वितरण
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले कृषकहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले मौरीसहितका घार वितरण गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिका अध्यक्ष सुरेन्द्रहादुर थापा र उपाध्यक्ष पञ्चमाया गुरुङको पहलमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत गाउँपालिकाका ६ वटै वडाका छनोट भएका कृषकलाई मौरीसहितका घार हस्तान्तरण गरिएको…
पुरा पढ्नुहोस -
तनहुँमा निर्माण हुन गइरहेको तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण सुरु
दमौली : अमेरिकी डलर २२७ मिलियनको लागतमा तनहुँमा निर्माण हुन गइरहेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको जग्गा अधिग्रहणका लागि क्षतिपूर्ति निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनाका लागि अधिग्रहण गरिने जग्गामा रहेका संरचनाको मुआब्जा निर्धारण गरेको हो ।…
पुरा पढ्नुहोस -
तनहुँको दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट
दमौली : तनहुँको दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी प्रदेश सरकारबाट रु दुई करोड बजेट विनियोजन भएको छ । व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुलका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि रु दुई करोड बजेट विनियोजन गरेको हो । विसं २०७७ चैत…
पुरा पढ्नुहोस -
बढ्दैछन् तारे होटल र रिसोर्ट
काठमाडौँ : नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक वृद्धिसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि बढ्दै गएको पाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको देश र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा पछिल्लो समय पर्यटनका क्षेत्रमा लगानी बढ्दै गएको देखिएको हो । फलस्वरूप नेपालमा होटलजस्ता पर्यटन सेवाका क्षेत्रमा पनि…
पुरा पढ्नुहोस -
पिरोमा ‘गुलियो’ खुसी
नारायणगढ (चितवन) : स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धिको एउटा अब्बल उदाहरण प्रस्तुत गर्नुभएको छ । खैरहनी नगरपालिका–१०, समानपुरका किसान नवीनकुमार श्रेष्ठले शिक्षा संकायमा स्नातक (बीएड) उत्तीर्ण गरेपछि सुरु गरेको शिक्षण पेसा त्यागेर व्यावसायिक रूपमा…
पुरा पढ्नुहोस -
आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन स्नातक कार्यक्रम सञ्चालनको सम्भाव्यता अध्ययन
दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको स्नातक तहको होटल व्यवस्थापन -बीएचएम) कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयबाट गठित टोलीले सोमबार सम्भाव्यता अध्ययन गरेको छ । होटल व्यवस्थापन विषय थपका लागि आएको सम्भाव्यता अध्ययन टोलीले क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक तयारी, आर्थिक व्यवस्थापन तथा आवश्यक स्रोत–साधनको अध्ययन एवं अवलोकन…
पुरा पढ्नुहोस -
म्याग्दे गाउँपालिकाद्वारा रु ७४ करोड ३२ लाख बजेट पारित
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गरेको छ । सोमबार आयोजित २०औं अधिवेशनले आगामी वर्षका लागि बजेट पारित गरेको हो। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बजेट पारितका लागि सभामा निर्णयाार्थ पेश गरेकामा सभाले सर्वसम्मत बजेट पारित गरेको हो । सभाले आर्थिक विधेयक २०८३ र विनियोजन…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाभित्रका १८ वटा होटल तथा रेष्टुराँको खाद्य स्वच्छता स्तरीकरण
दमौली : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीले व्यास नगरपालिकाभित्रका १८ वटा होटल तथा रेष्टुराँको आज अनुगमन गरेको छ । कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तरका आधारमा होटलको अनुगमन गरी स्तरीकरण निर्धारण गर्दा पाँच वटा होटलले मापदण्ड पूरा गर्न नसकेको कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी दिनुभयो । स्तरीकरणका लागि होटल…
पुरा पढ्नुहोस -
जलवायुको मारमा धानको सुरक्षा
पछिल्लो समय जलवायु परिवर्तनको असरले बढाएको सुक्खा तथा खडेरीको असर प्रत्यक्ष रूपमा कृषि क्षेत्रमा देखिन थालेको छ । नेपालजस्तो धानखेतीमा आत्मनिर्भर बन्ने प्रयासरत मुलुकलाई जलवायुजन्य सङ्कटको सामना गर्न चुनौती थपिँदै गएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुनसक्ने प्रक्षेपण गरिरहँदा यस वर्ष पनि धान…
पुरा पढ्नुहोस -
म्याग्दे गाउँपालिकाको नीति : सगरमाथा आरोहण गर्नेलाई पाँच लाख पुरस्कार
म्याग्दे : म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई प्रोत्साहन स्वरुप रु पाँच लाख दिने घोषणा गरेको छ । गाउँपालिकाको झण्डासहित सगरमाथा आरोहण गर्ने म्याग्देका बासिन्दालाई रु पाँच लाख प्रोत्साहन स्वरुप सहयोग गर्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्देको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले म्याग्दे…
पुरा पढ्नुहोस