अर्थ
-
राष्ट्रिय कोदो दिवस : पहिला बाध्यताको आहारा कोदो अहिले हुने खानेको रोजाइमा
गण्डकी : तीन दशक अघिसम्म पोखरा र आसपासका क्षेत्रमा भान्छामा कोदोको ढिँडो खाएर बाहिर हात चुठ्न आउँदा पनि कसैले देख्छन् कि भनेर सोच्नुपर्ने अवस्था थियो । त्यस समयमा कोदो समाजमा हेला गरिएको अन्नमा पर्दथ्यो । तर अहिले समय बदलिएको छ, होटल रेष्टुरेन्टमा मात्र हैन घरमा ढिँडो पकाएर खाने चलन बढेको…
पुरा पढ्नुहोस -
भिमादको वार्षिक नगर विकास योजना सार्वजनिक : ६३ करोड ७२ लाख रुपैयाँको बजेट पारित
भिमाद : तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट (वार्षिक नगर विकास योजना) सार्वजनिक गरेको छ । नगरसभाको २०औँ अधिवेशन अन्तर्गत सोमबार आयोजित एक कार्यक्रमका बीच पूर्वमन्त्री किरण गुरुङले वार्षिक नगर विकास योजना समेटिएको पुस्तिका सार्वजनिक गरेका हुन् । कार्यक्रममा पूर्वमन्त्री गुरुङले भिमाद नगरपालिकाको…
पुरा पढ्नुहोस -
मालपोत कार्यालय तनहुँको राजश्व संकलन घट्यो
दमौली : तनहुँको मालपोत कार्यालयको राजश्व संकलन घटेको छ । कार्यलयको आर्थिक वर्ष २०८१/०८२ मा राजश्व संकलनमा कमि आएको छ । अघिल्लो आव २०८०/०८१ को तुलनामा आव २०८१/८२ मा तीन करोड ३१ लाख ४२ हजार ७२८ ले राजस्व संकलन घटेको हो । आव २०८०/८१ मा रु ३५ करोड ९५ लाख…
पुरा पढ्नुहोस -
लमजुङमा श्रमिकको ज्याला : दक्षको दैनिक १ हजार २ सय र अर्धदक्षको ९४० निर्धारण
लमजुङ : लमजुङमा यस वर्ष दिनभरि श्रम गरेर गुजारा चलाउँदै आएका कामदारको ज्याला वृद्धि भएको छ । सार्वजनिक खरिद नियमावली र जिल्ला दररेट निर्धारण समितिको निर्णय अनुसार दक्ष कामदारको दैनिक ज्याला १ हजार २ सय रुपैयाँ स्वीकृत गरेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए । गत वर्ष र अघिल्लो आर्थिक…
पुरा पढ्नुहोस -
उत्पादित कागतीले बजार नपाउँदा तनहुँको देवघाटका कृषक मनिष निराश
दमौली : तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश हुनुभएको छ । व्यावसायिक कागतीखेतीमा लाग्नुभएका उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्नुहुन्छ । मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गर्नुभएको छ । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उहाँले…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाले ठेक्कामार्फतका १५ योजना सम्पन्न गर्यो
दमौली : तनहुँको व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा ठेक्कामार्फत सञ्चालित ३३ योजनामध्ये १५ योजना सम्पन्न गरेको छ । व्यास नगरपालिका योजना तथा पूर्वाधार विकास शाखाका अनुसारे कूल एक हजार ५७ योजनामध्ये ९९५ योजना सम्पन्न भएका हुन् । उपभोक्ता समितिबाट सञ्चालन भएका एक हजार २४ मध्ये ९८० र ठेक्काबाट…
पुरा पढ्नुहोस -
घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो
म्याग्दी : म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो)ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ । केही वर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन् । अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले…
पुरा पढ्नुहोस -
म्याग्देको अर्ग्यानिक उत्पादन र उपभोग प्रवर्द्धन कार्यक्रम – ‘बसेपनि सहरः गाउँकै खाने रहर’
तनहुँको म्याग्दे गाउँपालिकाले अर्ग्यानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीतिअन्तर्गत अर्ग्यानिक उत्पादन र उपभोगलाई जोड दिँदै कोदोको सेल, कोदोको मःमः, कोदोको बिस्कुट उत्पादन तथा…
पुरा पढ्नुहोस -
साउनको दोश्रो सातासम्म पनि तनहुँका टारी खेतहरुमा रोपाइ हुन सकेन
तनहुँ : साउन महिनाको दोश्रो सातासम्म पनि तनहुँमा रोपाई पुरा सकेको छैन । प्रयाप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाई हुने टारी खेतहरुमा अझै रोपाई हुन नसकेको कृषकहरुले बताउने गरेका छन् । आकाशे पानी र मुलको पानीबाट रोपाई हुने करिब १२ प्रतिशत खेत रोप्न बाँकी रहेको कृषि ज्ञान केन्द्र तनहुँले…
पुरा पढ्नुहोस -
कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार, कुन प्रदेशले कहिले ऋणलाई स्रोत देखाए ?
काठमाडौँ : प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भयो । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा पहिलोपटक आन्तरिक ऋण उठाउने गरी घाटा बजेट ल्याएको थियो । त्यसयता बागमती र सुदूरपश्चिमबाहेक सबै प्रदेशले ऋणलाई स्रोत देखाएर कुनै न कुनै आवमा बजेट ल्याएका छन् । चालु आव…
पुरा पढ्नुहोस