लमजुङमा श्रमिकको ज्याला : दक्षको दैनिक १ हजार २ सय र अर्धदक्षको ९४० निर्धारण

लमजुङ : लमजुङमा यस वर्ष दिनभरि श्रम गरेर गुजारा चलाउँदै आएका कामदारको ज्याला वृद्धि भएको छ । सार्वजनिक खरिद नियमावली र जिल्ला दररेट निर्धारण समितिको निर्णय अनुसार दक्ष कामदारको दैनिक ज्याला १ हजार २ सय रुपैयाँ स्वीकृत गरेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए ।

गत वर्ष र अघिल्लो आर्थिक वर्ष दक्ष डकर्मी, सिकर्मी, नकर्मी, बज्रकर्मी, चित्रकारी, इलेक्ट्रिसियन, मेकानिक्स, प्लम्बरको दैनिक ज्याला १ हजार १ सय ९० रुपैयाँ रहेकामा चालु आर्थिक वर्षका लागि १० रुपैयाँ बढेको छ । अर्धदक्ष कामदारको प्रतिदिन ९ सय ३० रुपैयाँबाट बढाएर ९ सय ४० रुपैयाँ कायम गरिएको छ । सुरुङभित्र काम गर्ने दक्ष कामदारको दैनिक ज्याला १ हजार २ सय ४२ बाट बढाएर १ हजार २ सय ५० रुपैयाँ पुर्‍याइएको छ । अर्धदक्षको प्रतिदिन ९ सय ८९ रुपैयाँबाट बढाएर १ हजार रुपैयाँ पुर्‍याइएको छ । हेभी इक्युपमेन्ट ड्राइभरको १ हजार ३ सय ५ बाट १५ रुपैयाँ बढाएर १ हजार ३ सय २० कायम गरिएको छ ।

अदक्ष कामदार ज्यामीको ८ सय ६३ बाट बढाएर ८ सय ७०, सुरुङभित्र काम गर्ने ज्यामीको ९ सय २६ बाट १४ रुपैयाँ बढाएर ९ सय ४० रुपैयाँ बनाइएको छ । हेभी इक्युपमेन्ट, सर्भे र इलेक्ट्रिसियनका हेल्परहरुको ६ सय ६८ बाट बढाएर ६ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, ४० किलो भारी बोकेर ४ कोष टाढा पुर्‍याउने भरियाको दैनिक ज्याला ७ सय ९६ रुपैयाँबाट ९ रुपैयाँ बढाएर ८ सय ५ रुपैयाँ कामय गरिएको छ । कृषि मजदुरको ७ सय ३१ बाट बढाएर ७ सय ४० रुपैयाँ पुर्‍याइएको छ । चौकीदार, पियन, पाले, मेसेन्जर र ढाल्पाको प्रतिदिन ७ सय ५ बाट ७ सय १० रुपैयाँ पुर्‍याइएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार उक्त दररेट प्रतिदिन ८ घण्टाको हिसाबले तय गरिएको हो । रात्रीकालीन कामको लागि खाइपाइ आएकोबाट २५ प्रतिशत बढाउन सकिने उनले बताए । उनका अनुसार प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय, नेपाल निर्माण व्यवसायी संघ, लमजुङ उद्योग बाणिज्य संघ, पूर्वाधार कार्यालयका अधिकारीलगायतको बैठकले ज्यालादर निर्धारण गरेको हो ।

खाद्यान्न तथा उपभोव्य वस्तु तथा सेवा, स्वास्थ्य, शिक्षा, यातायात सेवाको मुल्य वर्षेनी धेरैमात्रामा बढ्दै गएको र श्रमिकको ज्यालामा थोरैमात्रामा बढेको श्रमिक मजदुरहरुको गुनासो छ । उनीहरुले दैनिक उपभोग्य वस्तुको मुल्य घटाउन वा श्रमिकको ज्याला अझै बढाउन माग गर्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker