अर्थ
-
पौष २९ गतेबाट आठौ तनहुँ महोत्सव
यही पौष २९ गतेदेखि आठो तनहुँ महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा पौष २९ गतेदेखि माघ १० गतेसम्म महोत्सव गर्ने तयारी गरेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । संघले २०६३ सालदेखि दमौलीमा तनहुँ महोत्सवको गर्दै आएको र कोरोनाले थला परेको आर्थिक गतिविधिलाई चलायमान बनाउन लक्ष्यका…
पुरा पढ्नुहोस -
ऊर्जा मन्त्री भुसालद्वारा तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण, निर्माणमा ढिलाइ नगर्न निर्देशन
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण भ्रमण गरेकी छन् । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधिन आयोजनाको मन्त्री भुसालले सोमबार बिहान निरीक्षण भ्रमण गरेकी हुन् । उनले नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह,…
पुरा पढ्नुहोस -
राष्ट्रिय कर दिवसका अवसरमा करदाता शिक्षा
राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय दमौली र तनहुँ उद्योग वाणिज्य संघले संयुक्त रुपमा करदाता शिक्षा सञ्चालन गरेका छन् । सप्ताहव्यापी रुपमा मनाइएको दशौं राष्ट्रिय कर दिवस २०७८ का अवसरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । दमौलीका प्रमुख कर अधिकृत नारायण ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा करदाताका लागि…
पुरा पढ्नुहोस -
बारीबाटै गोलभेडा बिक्री हुँदा शुक्लागण्डकी–१० मलागिरीका कृषक दङ्ग
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मलागिरीका कृषक सुरेन्द्र वाग्ले बारीबाटै गोलभेडा बिक्री हुन थालेपछि उत्साहित बन्नुभएको छ । सर्वसाधारण गोलभेडा खरिदका लागि बारीमै पुग्न थालेपछि उहाँ उत्साहित बन्नुभएको हो । विचौलिया बिना टनेलबाटै प्रतिकिलो रु एक सयमा गोलभेडा बिक्री भइरहेको वाग्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिला प्रतिकिलो रु २५ मा बिक्री…
पुरा पढ्नुहोस -
मुग्लिङ–पोखरा सडक विस्तार सुरु : आँबुखैरेनी र बन्दीपुर गाउँपालिका खण्डमा रुख काट्न थालियो
गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्ग अन्गर्तत मुग्लिङ–पोखरा सडक खण्ड विस्तार सुरु भएको छ । पहिलो चरणमा सडक सीमाभित्रका रूख काट्न थालिएको छ । जिल्लाको आँबुखैरेनी र बन्दीपुर गाउँपालिका खण्डमा रूख काट्न थालिएको हो । सडक विस्तार आयोजनाले हालसम्म १९७ वटा रूख काटेको आयोजनाका इन्जिनियर पुष्कर रेग्मीले बताए । सडक विभाग आयोजना निर्देशनालयले पहिलो…
पुरा पढ्नुहोस -
लयमा फर्कदै तनहुँको पर्यटन : बन्दिपुरका पर्यटन व्यवसायी उत्साहित
कोरोना कहरको चपेटामा परेको तनहुँको पर्यटन क्षेत्र विस्तारै लयमा र्फकन थालेको छ । नेपालीका ठूला चार्डपर्व दसै, तिहार, छठसंगै पर्यटकीय सिजन पनि सुरु भएकाले अहिले तनहुँका पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । पहाडकी रानीको उपनामले परिचित बन्दिपुरमा वाह्य पर्यटकको समेत आगमन हुन थालेसंगै व्यवसायीहरु उत्साहित बनेका छन्। कोरोना…
पुरा पढ्नुहोस -
जिल्ला प्रशासन कार्यालय तनहुँले तीन महिनाको अवधिमा एक करोड राजश्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय तनहुँले तीन महिनाको अवधिमा रु एक करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को साउनदेखि असोज मसान्तसम्म रु एक करोड २८ लाख ३१ हजार छ सय ३५ राजश्व सङ्कलन गरेको हो । राहदानी शुल्क, संस्था दर्ता, नवीकरण, हातहतियार नवीकरण, न्यायिक दण्ड…
पुरा पढ्नुहोस -
मुढा बिक्री गरेर आम्दानी गर्दै तनहुँ कारागारका कैदीबन्दी
तनहुँ कारागारका कैदीबन्दी आम्दानीको स्रोततर्फ लागेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानीको स्रोतको बाटो अवलम्बन गरेका हुन् । कैदीबन्दीले कारागारभित्रै मुढा बुनेर आम्दानी गर्दै आएका छन् । कारागारमा बस्दा यत्तिकै जाने समयको सदुपयोग गर्दै उनीहरु मुढा बुन्न व्यस्त रहने गरेका छन् । मुढा बिक्री…
पुरा पढ्नुहोस -
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा पाँच लाखको फूल बिक्री
कालीगण्डकी गाउँपालिकाले रु पाँच लाख बाराबरको फूल बिक्री गरेको छ । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले रु पाँच लाख आम्दानी गरेको हो । गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल…
पुरा पढ्नुहोस -
बङ्गुरपालनमा लोभिँदै सञ्चारकर्मी
बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित छिम्केश्वरी एफएममा कार्यरत शर्मिला विक व्यावसायिकरूपमा बङ्गुरपालनमा लाग्नुभएको छ । बङ्गुरपालनबाट राम्रो आम्दानी हुन थालेपछि सञ्चारकर्मी विक सञ्चार क्षेत्रसँगै उक्त व्यवसायतर्फ आकर्षित बन्नुभएको हो । विगत तीन वर्षअघि दुई–तीन वटा बङ्गुर मासुको लागि पाले पनि मासुबाट राम्रो आम्दानी नदेखिएपछि पाठापाठी हुर्काएर बिक्री गर्न थालेको उहाँले बताउनुभयो…
पुरा पढ्नुहोस