वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना र उत्तरदायी टिम गठन
भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

देशभर चैत्र १ गतेदेखि ७ गतेसम्म वन डढेलो नियन्त्रण सप्ताह मनाइएको छ । सप्ताहकै सन्दर्भमा डिभिजन वन कार्यालय तनहुँले डढेलो नियन्त्रण सम्बन्धी एक दिने गोष्ठी सोमबार शुक्लागण्डकी-५, बेलचौतरामा सम्पन्न गरेको छ । गोष्ठीमा वनमा डढेलो जाने कारण, असर, नियन्त्रण गर्ने उपाय, डढेलो लगाउनेलाई कानुनमा व्यवस्था गरिएका सजाय, नीति नियम, डढेलो नियन्त्रणमा हालसम्म भएका प्रयासहरुका विषयमा सव डिभिजन कार्यालय बेलचौतराका प्रमुख विनय अधिकारी खत्रीले सहजिकरण गरेका थिए ।
जान अन्जानले वनजंगलमा डढेलो लगाएको खण्डमा ३ बर्ष कैद र ६० हजार रुपैयाँ जरिवानाको सजाय हुने र डढेलो लगान उक्साउने मतियारलाई कसुरवादीको आधा सजाय हुने बताउँदै अधिकारीले ८० प्रतिशत मानवीय गतिविधिकै कारण डढेलो लाग्ने गरेको र चैत्र, बैशाखमा आगालागीको सम्भावना बढी हुने भएकाले सर्तकता अपनाउन आग्रह गरे ।
कार्यक्रममा सम्भावित आगालागी तथा डढेलोलाई समयमै नियन्त्रण गर्ने लक्ष्यका साथ शीघ्र उत्तरदायी टिम गठन समेत गरिएको छ । साविक खैरेनीटार र दुलेगौँडा गाविसलाई लक्षित गरी दुइ दुइ वटा टिम गठन गरिएको हो । खैरेनीटारको माथिल्लो भेगलाई लक्षित गरी डाङढुङ्गे श्यामपोखरी सामुदायिक वन उदेनढुङ्गका अध्यक्ष नारायण राउतको संयोजकत्वमा ११ सदस्यीय समिति चयन गरिएको छ ।
टिमको सह संयोजकमा देउराली सामुदायिक वनका लक्ष्मण पौडेल र सदस्यहरुमा अमृता राना, बुद्धिबहादुर भण्डारी, सुमन आले, प्रेमबहादुर गुरुङ, मुकुन्द बहादुर थापा, इन्द्रबहादुर राना, देवान सिं थापा, रामबहादुर राना र गीता ढकाल चयन भएका छन् । त्यस्तै खैरेनीटारको तल्लो भागलाई लक्षित गरी पञ्चासे पनौत सामुदायिक वनका अध्यक्ष केशवराज घिमिरेको संयोजकत्वमा ११ सदस्यीय समितिको टिम बनाइएको छ । सहसंयोजकमा ऋषिराम घिमिरे, सदस्यहरुमा बेलकुमारी कुमाल, टीकाराम सिग्देल, पोष्टराज घिमिरे, हर्क बहादुर गुरुङ, धनबहादुर क्षेत्री र बसुन्धरा अधिकारी चयन भएका छन् ।
साविक दुलेगौँडामा पनि दुइ शीघ्र उत्तरदायी टिम गठन गरिएको छ । दुलेगौँडाको तल्लो भेगलाई समेट्ने गरी चारसाले सामुदायिक वनका अध्यक्ष करुणानिधी कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा बेलबहादुर श्रेष्ठ, सदस्यहरुमा शंकर बहादुर कार्की, विष्णु थापा, सन्तोष श्रेष्ठ, विष्णु कार्की, रामबहादुर कार्की, गणेश कुमार श्रेष्ठ, कमला थापा, नवदत्त ढकाल चयन भएका छन् ।
त्यस्तै साविक दुलेगौँडाको तल्लो भेगलाई लक्षित गरी राइपुर कोत्रेका अध्यक्ष बासुदेव खनालको संयोजकत्वमा टिम बनाइएको छ । सहसंयोजकमा रुद्रनाथ खनाल, राजुनेपाली, तुलसी प्रसाद ढुङ्गाना, कमल रिमाल र लेखबहादुर गुरुङ चयन भए । गठित समितिले वन कार्यालय र इलाका प्रहरी कार्यालय बेलचौतरासंग आवश्यक समन्वय गर्ने सव डिभिजन कार्यालय बेलचौतराका प्रमुख अधिकारीले बताए ।
उक्त गोष्ठीमा शुक्लागण्डकी-५ का वडाध्यक्ष दीर्घबहादुर थापा, वडा नं ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेल, वडा नं. ७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापा, डिभिजन वान कार्यालय तनहुँका सुचना अधिकारी काशीराम पण्डित लगायतले वन संरक्षण र वनको उपयोगिताका विषयमा चर्चा गरेका थिए । शुक्लागण्डकीमा ८७ वटा सामुदायिक वन छन् भने ९ वटा निजी र २५ वटा कबुलियती वन छन् ।










