पदयात्राका लागि मिर्लुङकोटमा सिढी निर्माण

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङकोटमा पदयात्रा गरी सहज रुपमा जानका लागि सिढी निर्माण गरिदै । जिल्लाको दोश्रो अग्लो पहाड १६५६ मिटर उचाइमा रहेको एतिहासिक स्थल मिर्लुङकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको बजेटबा करिब ६३० मिटर दुरीको सिढी निर्माण गरिदैछ ।

यस्तै, मिर्लुङकोटसंगै रहेको सात सय मिर्लुङेले सदियौदेखि पुज्दै आएको ऐतिहासिक धार्मिक स्थल भयरथानमा भक्तजनहरुलाई बस्नका लागि ट्रस्ट भवन समेत निर्माण गरिदै छ। ऐतिहासिकस्थलका साथै अन्नपूर्ण तथा लाङ्गटाङ्ग हिमश्रृंखला, वोडर्र हिमाल, गण्डकी प्रदेशमा सवैभन्दा वढि भू-धरातल अवलोकन गर्न सकिन स्थलका रुपमा मिर्लुकोटलाई लिन सकिन्छ ।

यस क्षेत्रको उचित प्रवर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको छ । तस्विर : भञ्ज्याङ










