दमौलीको सत्यबती माविमा “स्टीम ल्याब” स्थापना

भञ्ज्याङ न्यूज

तनहुँको दमौली स्थित सत्यबती माध्यमिक विद्यालयले स्टम ल्याब स्थापना गरेको छ। गुणस्तर तथा प्रविधि शिक्षामा राष्ट्रिय रुपमा ख्याति कमाउँदै आएको यस विद्यालयले व्यवस्थित रुपमा स्टीम ल्याब स्थापना गरेको हो ।

विद्यालयले साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ्ग र म्याथमेटि्रक (स्टीम) बिषयका विद्यार्थीलाई लक्षित गरी उक्त ल्याब स्थापना गरेको विद्यालयका प्रधानाध्यापक एक बहादुर गुरुङले बताए । उनले भने, ‘गण्डकी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम अर्न्तर्गत ल्याब स्थापना गरी संचालनमा ल्याइएका छौं । यसले विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउने विश्वास गरेका छौं ।’

दश लाख रुपैयाँको लागतमा विद्यालयमा ल्याब स्थापना गरेसंगै प्रविधि शिक्षातर्फविद्यार्थीहरुको आकर्षा बढ्दै गएको प्रधानाध्यापक गुरुङले बताए ।

यस्तै, विद्यालयमा बालिका शिक्षा कार्यक्रम अन्तर्गत रुम टु रिड संस्थाले विद्यालयका ९९० छात्राहरुलाई सहयोग गर्दै आएको छ । विद्यालयमा हाल दुइ हजार सात सय विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

उक्त संस्थाले कक्षा ८ देखि १२ सम्मका छात्राहरुलाई शैक्षिक सामाग्री, छात्राबृत्ति र शसक्तिकरण सम्बन्धी काम गर्दै आएको छ । विद्यालयमा उक्त कार्यक्रम लागु भएपछि छात्राहरु उत्साहित भएर अघि बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker