शीर्ष नेताका कारण समस्या आयो : सांसद सिग्देल
भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

प्रतिनिधि सभाका सदस्य केदार सिग्देलले शीर्ष नेताको चाहानाले अहिलेको अवस्था सृजना भएको बताएका छन् । आदर्श समाज दुलेगौंडाको २४औं साधारण सभा तथा ८औं अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिलेको राजनीतिक परिस्थिति सिर्जना हुनुमा प्रमुख कारक माधव नेपाल प्रचण्ड भएको बताए । उनले भने, ‘प्रतिपक्षी दलहरुको साथ र र्समथनका साथ विकासको गतिमा अगाडी बढिरहेको सरकारलाई शीर्ष दुइ नेताको चाहानाले समस्यामा पारेका हुन् ।’
‘सरकारले गरेको कामलाई चित्त दुखाएर बर्बाद गर्यो भनेर जनताले भन्नु भएको थिएन, राजनीतिक कार्यकर्ता र प्रतिपक्षी दल नेपाली काँग्रेसले कहिल्यै पनि सरकार र प्रधानमन्त्री फेर्यौँ भनेर भन्नु भएन’, सांसद सिग्देलले भने, ‘तर प्रचण्ड र माधव जी प्रधानमन्त्री फेर्ने अभियानमा लाग्नु भयो र गल्ती गर्नुभयो । सहज रुपमा चलेको सरकारलाई बीचमै फेर्यौ भनेर भन्न हुन्थेन, यसो गर्दा देश र जनतालाई नोक्सान हुन्छ ।’
‘अहिलेको सरकार संविधान कार्यान्वयन गर्ने बाटोमा अगाडी बढेको छ । यदि संविधान कार्यान्यवन गर्न सकिएन भने देशमा हिजोको जस्तै हिंसात्मक परिस्थित सिर्जना हुने खतरा बढेको छ’, सांसद सिग्देलले भने, ‘संविधान कार्यान्वयन भएन भने फेरि हिंसा बढ्छ, नेपाली जनताले बनाएको संविभान सबैले मान्नुपर्छ, यो सरकारले संविधान मानेको छ, संविधान कार्यान्वयन गर्न अगाडी बढेको छ ।’
यस्तै, साँसल सिग्देलले फरक प्रसंगमा सेती नदीलाई स्वच्छ र निर्मल बनाउन सबैले ध्यान दिनुपर्ने बताए । अघिल्लो पुस्ताले बनाएका चौतरा, प्रतिक्षालयहरु धमाभम भत्काउने र ढलाउने काम भएको भन्दै यस्ता गतिविधि रोक्नु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा वडाअध्यक्ष शिव कुमार श्रेष्ठले वडा मार्फत आदर्श समाजका लागि प्रत्येक बर्ष विभिन्न कार्यक्रमहरु छनोट गरेर रकम विनियोज गर्दै आएको बताए । साथै समाजको माग अनुसार आगामि दिनहरुमा पनि वडाबाट पाउने सेवा सुविधामा कुनै पनि कन्जुसाइ नगर्ने बताए।
कार्यक्रममा समाजको प्रतिष्ठाको लागि पुर्याएको योगदानलाई कदर गर्दै निरुत्तर उपन्यासका लेखक एवं पञ्चमुनि देव माध्यमिक विद्यालयका शिक्षक एकनारायण भण्डारी, त्रि्रै शरण भजन संग्रहका लेखक सरण गर्तैला, हामी कविता संग्रहका स्रष्टा शेषमणी आर्चाय र साहित्यकार टिकाराम पौडेललाई सम्मान गरिएको थियो । यस्तै, कक्षा १२ मा समाजको तर्फबाट उत्कृष्ट नतिजा ल्याउन सफल सुर्वण खत्रिलाई डिजि आर्दश छनत्रवृत्ति कोषद्वारा सम्मान गरिएको थियो।
आदर्श समाजका अध्यक्ष पदम बहादुर बानियाको सभापतित्वमा आयोजित कार्यक्रममा सल्लाहकार हरि खड्का, विश्व हिन्दु महासंघ शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष नारायण घिमिरे, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, बाराही साहित्य प्रतिष्ठानका अध्यक्ष ठाकु प्रसाद शात्रि, शुक्ला साहित्य संगमका सल्लाहकार शेषमणि आर्चाय, समाजका सचिव विवेक खनाल लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
त्यस्तै, समाजको ८औं अधिवेशनले पदमबहादुर बाँनियाँको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा छविबहादुर कार्की, उपाध्यक्षमा वेदप्रसाद पौडेल, लक्ष्मी सिग्देल, सचिवमा विवेक खनाल, सहसचिवमा भिमबहादुर थापा र कोषाध्यक्षमा हरिलाल रिमाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रघुनाथ ढुङ्गाना, पदमबहादुर बस्नेत, तिलकराम वाग्ले, इश्वरी भण्डारी, उमानाथ पाठक, शारदा भण्डारी, रामबहादुर भण्डारी र लक्ष्मी लम्साल चयन भएका छन् ।