तनहुँका ३८ मतदान केन्द्र महिलाको जिम्मामा

यही ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ३८ मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा रहेका मतदान केन्द्रमध्ये ३८ केन्द्रमा महिला मतदान अधिकृत नियुक्त गरिएको हो ।

तनहुँ क्षेत्र नं १ अन्तर्गत १९ र क्षेत्र नं २ अन्तर्गत १९ जना महिला कर्मचारीलाई मतदान केन्द्रको जिम्मा दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तनहुँमा तीन सय पाँच मतदान केन्द्र छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत मीनबहादुर कुँवरले महिलालाई प्राथमिकता दिएर मतदान केन्द्रको जिम्मा दिइएको बताउनुभयो ।

तनहुँ क्षेत्र नं १ अन्तर्गत भानु नगरपालिकास्थित सत्यवती देवी आधारभूत विद्यालय (ग) राधा आचार्य, होमराज लोहनी शारदा शिक्षा सदन मावि (ग) मा पम्फा बस्नेत, मस्र्याङ्दी आधारभूत विद्यालय (ख) मा सावित्री आचार्य कोइराला, भानु संस्कृत मावि (घ) मा लक्ष्मी गुरुङ, पड्केपसल आधारभूत विद्यालय (ख)मा गौरादेवी अधिकारी, निर्जला आधारभूत विद्यालय (ग) मा रुपा घिमिरे, व्यास नगरपालिकास्थित सत्यवती मावि (ख) मा अनिषा यादव, मदर्शा आधारभूत विद्यालय (ख) मा निर्मला कुँवर, महर्षि वेदव्यास संस्कृत मावि (ख) मा देवी भण्डारी चापागाइँ, पद्मज्योति आधारभूत विद्यालय गौरी ढकाल, जनजागृति गङ्गा मावि (ख) मा सरस्वती गुरुङ ढकाल, जनजागृति गङ्गा मावि (ग) मा सरितादेवी पौडेल, भानु मावि (ख) मा कल्पना आचार्य, जनकल्याण आधारभूत विद्यालय (ख) मा पुनम भुजेललाई मतदान अधिकृतको जिम्मा दिइएको छ ।

आँबुखैरेनीस्थित मित्रता माविमा (ख) विद्या न्यौपाने, रामशाह मावि (ग) मा गौरी ज्ञवाली, बन्दीपुरस्थित विष्णु मावि (ख) मा शान्ता खनाल, जगदीश्वर आधारभूत विद्यालय (ख) मा कल्पना कोइराला र चन्द्रोदय आधारभूत विद्यालय (ख) मा पार्वती ढकाललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

तनहुँ क्षेत्र नं २ अन्तर्गत म्याग्दे गाउँपालिकास्थित महेन्द्र मावि (क) मा ज्ञानरुपा पौडेल, महेन्द्र मावि (ख) मा विष्णु खनाल, गणेश माविमा कल्पना खनाल, रत्न माविमा सीता सुवेदी, व्यास नगरपालिकास्थित महेन्द्रज्योति मावि (क) मा सरिता भट्टराई, महेन्द्रज्योति मावि (ग) मा बबिता शर्मा, शुक्र आधारभूत माविमा अम्बिका घिमिरे, शुक्लागण्डकी नगरपालिकास्थित जनकल्याण आधारभूत विद्यालय (क) मा हिमा पोख्रेल, हंशवाहिनी मावि (क) मा लक्ष्मी रिमाल पराजुली, निर्मल आधारभूत विद्यालय (ख) मा हरिता श्रेष्ठ, सहिद कृष्ण माविमा तरन्तुम खातुन, खैरेनी मावि (ख) मा टेकावती ढकाल, अमरज्योति आधारभूत विद्यालयमा पार्वती पौडेललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

ऋषिङ गाउँपालिकास्थित शुक्ला मावि (क) मा सङ्गीता श्रेष्ठ, ७ नं वडा कार्यालयमा पविता राना थापा, घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति मावि (ख) मा शान्ति गुरुङ, भिमाद नगरपालिकास्थित किहुँ आधारभूत विद्यालय (ख) मा दुर्गा अधिकारी तिमिल्सिना, पार्वती मावि (ख) मा मञ्जु सुवेदी र ८ नं वडा कार्यालयमा गीतादेवी लम्साललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । व्यास नगरपालिका–५ स्थित शुक्र आधारभूत मावि मतदान केन्द्रका मतदान अधिकृत अम्बिका घिमिरेले निर्वाचन सम्पन्न गराउन आफूहरू सक्षम रहेको बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker