सुख र दुःख अस्थायी छ– ओशो

मानिसको तीन प्रकारको अनुभूति हुन्छ । एक अनुभूति दुःखको हो, एक अनुभूती सुखको हो र एक अनुभूति आनन्दको हो ।

सुखको अनुभूति र दुःखको अनुभूति बाहिरबाट हुन्छ । जब बाहिर हामीले केही चाहन्छौं, प्राप्त गर्छौं तब सुख अनुभूत हुन्छ । हामीले जे चाहेका थियौं, त्यो पुरा भएन । अब हामी दुःखी हुन्छौं । सुखी हुनु वा दुःखी हुन दुबै बाहिरी कुरामा निर्भर छ । बाहिरी जुन जगत छ त्यसको सम्बन्धमा हामीसँग दुई किसिमको अनुभूति हुन्छ, दुःखको वा सुखको ।

आनन्दको अनुभूति भने बाहिरबाट प्राप्त हुँदैन । भुलेर पनि आनन्दलाई सुख नसम्झनुहोस् । आनन्द र सुखमा फरक छ । सुख भनेको दुःखको अभाव हो । जहाँ दुःख छैन, त्यहाँ सुख छ । दुःख सुखको अभाव हो । जहाँ सुख छैन, त्यहाँ दुःख छ । आनन्द भनेको दुःख र सुख दुबैको अभाव हो, जहाँ दुःख र सुख दुबै हुँदैन । खासगरी चित्तको परिपूर्ण शान्त स्थिती नै आनन्दको स्थिती हो । आनन्दको अर्थ हो, जहाँ बाहिरको कुनैपनि आन्दोलनले हामीलाई प्रभावित नगरोस्। न दुःखको, न सुखको । सुख पनि एक संवेदना हो, दुःख पनि एक संवेदा हो ।

सुख पनि एक पीडा हो, दुःख पनि एक पीडा हो । सुखले हामीलाई वेचैन गराउँछ, दुःखले पनि । दुबै अशान्ति हो । यसलाई थोरै अनुभव गर्नुहोस्, सुख पनि अशान्ति, दुःख पनि अशान्ति । दुःखको अशान्ति अप्रीतिकर हुन्छ, सुखको अशान्ति प्रीतिकर हुन्छ । यद्यपि दुबै उद्विग्नता हो, दुबै चित्तको उद्विग्न, उत्तेजित अवस्था । सुखमा पनि तपाईं उत्तेजित हुनुहुन्छ । यदि तपाईं अत्यान्तै सुखी हुनुभयो भने मृत्युसम्म हुनसक्छ । जस्तो आकस्मिक सुखमा मान्छेको मृत्युसम्म हुने गर्छ । यत्तिको उत्तेजना दिन्छ सुखले ।

दुःख पनि उत्तेजना हो, सुख पनि उत्तेजना हो । अनुत्तेजना आनन्द हो । जहाँ कुनै उत्तेजना छैन, जहाँ चेतनामा बाहिरको कुनै कम्पन, प्रभाव छैन, जहाँ चेतन बाहिरबाट एकदमै पृथक र आफैमा विराजमान छन् । उत्तेजनाको अर्थ हो, स्वयम्मा बाहिरसँग सम्बन्धित हुनु । उत्तेजनाको अर्थ हो, स्वयम्भन्दा बाहिर विराजमान हुनु ।

जस्तो कि तालमा लहर उठ्छ, लहर तालमा उठ्दैन । लहर हावामा उठ्छ र तालमा कम्पित हुन्छ। हावाको प्रभावमा, हावा अनुसार तालमा लहर उठ्छ । लहर उठ्नुको अर्थ हो ताल स्वयम्मा बाहिर कुनै चिजबाट प्रभावित छ ।

हाम्रो चित्त बाहिरबाट प्रभावित छ । लहर उठ्छ सुखको, दुःखको । हाम्रो चित्त बाहिरबाट प्रभावित नहुने अवस्था हो, आनन्द । सुख र दुःख भन्ने अनुभूति बाहिरबाट आएको हो । आनन्द त्यो अनुभूति हो, जो बाहिरबाट केही पनि आउँदैन । आनन्द बाहिरको अनुभव नभएर स्वयम्को अनुभव हो ।

त्यसैले सुख र दुःख हराउन सक्छ । किनभने यी बाहिरी कुरा हुन् । बाहिरबाट आउने कुरा हुन् । कुनै व्यक्ति सुखी थियो, कुनै कारणले थियो । उक्त कारण हटाइदिएपछि उनी दुःखी हुनेछन् । आनन्द निःकारण छ । यसैले बाहिरी कुराले आनन्दलाई नष्ट गर्न सक्दैन । हटाउन वा हराउन सक्दैन । अर्थात सुख अस्थायी हो, दुःख अस्थायी हो । आनन्द भने स्थायी हो ।

आनन्द नित्य हो । सुख पनि परतन्त्र हो, दुःख पनि परतन्त्र हो । किनभने यसमो अर्काको हात हुनछ । आनन्द स्वतन्त्र हो । दुःख बन्धन हो, सुख पनि बन्धन हो । आनन्द मुक्ती हो ।

तब अनन्द मनुष्यको आफ्नो चैतन्यको स्थिती हुनेको नाम हो । सुख मिल्छ, दुःख मिल्छ । आनन्द मिल्दैन । आनन्द उपस्थित छ, केवल बुझ्नुपर्छ । सुख पाउने हो, दुःख पनि पाउने हो । तर, आनन्द पाउने होइन । केवल आविष्कार गर्नुपर्छ, केवल अन्वेषण गर्नुपर्छ । त्यो उपस्थित छ । बुझ्नुहोस् कि जुन चिज पाइन्छ, त्यो हराउँछ पनि । आनन्द हराउँदैन । किनभने यो पाइने कुरा होइन । आफैभित्र रहेको कुरा हो ।

आनन्दको सम्बन्धमा दुई स्थिती छ । एक आनन्दप्रति ज्ञान र आनन्दप्रति अज्ञान ।महावीरलाई, बुद्धलाई, क्राइस्टलाई जुन आनन्द मिल्यो त्यो आफैभित्र उपस्थित थियो । हामीभित्र र उनीहरुभित्रबीचको आनन्द दृष्टिले भेद छैन । भेद ज्ञानको दृष्टिले हो । महावीरलाई जुन आनन्द मिल्यो, त्यो तपाईंभित्र पनि स्थित छ । तर, त्यो कुरा हामीलाई किन वोध भएन जुन महावीरलाई भयो ?

मान्छेले सुख र दुःखको बोध गर्छ तर किन आनन्दको बोध गर्न सक्दैन ? किनभने सुख र दुःख बाहिरी हो । मान्छे बाहिरी कुरामा अल्झिएको छ । भित्र प्रवेश गर्ने फुर्सद नै छैन ।

जब सुखबाट हट्नुहुन्छ आनन्दमा प्रवेश गर्नुहुन्छ । त्यो साधना होइन, सामान्य चित्तको भाव हो। दुःखबाट हट्न चाहनु भनेको उनको आकंक्षा सुख हो । जो सुखबाट हट्न चाहन्छ उसले भने आनन्दमा प्रवेश गर्न सक्छ । अनलाइनखबर

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker